प्रकाशित मिति : शुक्रबार, बैशाख ५, २०७७
बिनिता शर्मा । बिश्व भरी महामारीको रूपमा फैलिएको कोरोना भाईरस (Covid – 19) रोकथामका लागि देवदह नगरपालिकाको बिपत व्यवस्थापन कोषमा सोईया महिला स्वावलम्बि समुह द्वारा रु. ८००००/- अक्षेरुपी(असी हजार मात्र ) सहयोग प्राप्त भएको छ।
समुहका अध्यक्ष,कोषाध्यक्ष र लेखापाले देवदह नगर पालिकाका नगर प्रमुख हिरा बहादुर खत्री र उप प्रमुख विद्या लक्ष्मी गुरुङलाई हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेलले जानकारी दिनुभयो ।
यस विषम परिस्थितिमा स्थानीय सरकारलाई सहयोग गर्नु हुने यस महिला समुहलाई देवदह नगरपालिकाका नगर प्रमुख खत्री र उप प्रमुख गुरुङले हार्दिक आभार आभार ब्यक्त गर्नुभएको कडेलले बताउँनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij