प्रकाशित मिति : शुक्रबार, बैशाख ५, २०७७
जोगिन्द्र मल्ल, बैशाख ४ प्युठान । काठमाण्डौबाट बिहिवार गौमुखी गाउँपालिका आउनु भएकि गौमुखी गाउँपालिका उपाध्यक्ष तुलसी सुनार क्वारेन्टाइनमा बस्नु भएको छ।
गौमुखी गाउँपालिकाले वडा न ५ खुङको पुर्ण प्रा. बि. सालिबिसौनामा निर्माण गरेको क्वारेन्टाइनमा उहाँलाई राखिएको र उहाँ संगै चारजना पनि क्वारेन्टाइन रहेको र यस भन्दा अगाडि कामको सिलसिलामा बाग्लुङबाट घर फर्की राप्ती गाउँपालिका दाङ जाँदै गरेका चार जना युवा क्वारेन्टाइनमा बसेको र समय अवधी पुगेकाले घर पठाइएको गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले जानकारी दिनु भयो ।
लकडाउन अगाडी उपचारको शिलसिलामा काठमडौँ गएको र लकडाउनमा परेको उपाध्यक्ष तुलसी सुनार बताउनु हुन्छ।उहाँले कसैको दबाबभन्दा पनि आफु इमानदारी पुर्बक क्वारेन्टाइनमा बसेको र बाहिरबाट आउने जो कोहिलाई पनि आफु र घर परिवार सुरक्षित हुन क्वारेन्टाइनमा बस्न अनुरोध गर्नुभयो।
क्वारेन्टाइनमा बस्नेलाई सुरक्षाको ब्यबस्था मिलाइएको ईलाका प्रहरी कार्यालय पुजा लिबासेका प्रहरी प्रमुख हरि बहादुर गुरुङले बताउनु भयो,भने क्वारेन्टाइनमा बस्दा बिरामी भएमा स्वास्थ्यकर्मीहरु खटिएको र हेल्थडेक्स स्थापना भएकोले स्वास्थ्य परिक्षण तथा सेवा लिन सकिने स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले बताउनु भयो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij