प्रकाशित मिति : शनिबार, बैशाख ६, २०७७
निलम ओली, घोराही दाङ। घोराही उपमहानगरपालिका वडा नम्बर १४ निवासी समाजसेवी युबा ब्याबसायी एबं नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सहसचिव प्रकाश सुबेदीले अति बिपन्न दैनिक मजदुरी गरेर खाने अनि बृद्धअबथामा भएका ३९ परिवारलाई आबस्यक राहत सामग्री बितरण गर्नुभएको छ, उहाँले घोराही उपमहानगरपालिका १४मा अबस्थित लालीगुराँस टोलमा २७ घरपरिवारलाई,घोराही उपमहानगरपालिका १४ जनचेतना टोलमा ९ परिवारलाई र घोराही उपमहानगरपालिका १५ संस्कार टोलमा ३ परिवारलाई आफै पुगेर राहत सामग्री हस्तान्तरण गर्नुभएको हो।
सुबेदीले निभ्न लागेको चुलो बाल्ने अबस्थामा ल्याईदिएकोले एक वृद्ध आमाले उहाँको दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ। त्यसैगरी सहयोगी मनका धनी सुबेदीले भन्नुभयो,चैत्र ११ गते देखि सुरु भएको लकडाउनले बिपन्न बर्गलाई २ छाक खान गाह्रो भएको अबस्थामा सकेसम्म टोल भित्र भएको अगुवा तथा राजनैतिक कार्यकर्ताले सबै आ आफ्नो टोलमा यस्तो विषम परिस्थितिलाई निगरानी गरि बिपन्न बर्गलाई दुईछाक खान ब्यबस्थापन गर्न आग्रह गर्नुभएको छ। सुबेदीले यस्तो अबस्थामा सबै पार्टीका नेताकार्यकर्तालाई गम्भीरता पुर्बक सोचेर अघि बढ्न समेत आग्रह गर्नुभयो।
संसार भरी कोरोना भाईरसले हा हा कार मच्चाईरहेको बेलामा नेपालमा रहेका ७५३ सरकारले पनि प्राय दोश्रो चरणको राहत बाँड्ने गरेको समाचारहरु आईरहेको बेला २५ दिन लकडाउन सुरु भएको भैसक्यो बिपन्न र दैनिकी मजदुर गरि खानेहरुका लागी अन्यत्र दोश्रो पटक राहत बाँडफाँड भैरहेको बेलामा घोराही उपमहानगरपालिका मस्त निद्रा सुत्नुको कारण पत्ता लगाउने निकाय कहाँ होला र कोरोना भाईरसको कारणले भन्दापनी जन्ता खान नपाएर मर्ने आशंका पैदा भएको जानकारहरु बताउँछन।
एकजना घोराही उपमहानगरपालिका १५ संस्कार टोल निवासी महिला वडा कार्यालय घोराहीमा गएर सोधपुछ गर्दा हामी तपाईंको घरमा आउँने छौँ राहत लिएर भन्ने जवाफ पाएँ भन्नुभयो, उहाँ त्यहाँ गएको पनि आज ४/५ दिन भएछ।मानव सब्यतालाई नै ध्वंस हुने गरि आएको यो समस्यामा पनि कत्रो खेलवाड गर्न सकेको वडा कार्यालय चलाउने अधिकारीले अलिकति पनि मनदेखी भोको पेटमा बस्दा कस्तो हुन्छ अनुभुति गर्नुभएको भए गरिबिको खिल्ली उडाउनु हुन्नथ्यो कि।
यत्रो दिन सम्म स्थानीय सरकारले वास्ता नै नगरेको देखेर एकजना बृध्दा आमाले भन्नुभयो, सिंहदरबार घर घरमा आउँछ भन्थे देखियो एकल भत्ता र बृध्दा भत्ता पनि रोखिदिएको छ, अब समय आएपछि देखाईदिन्छौ भन्दै स्थानीय सरकार प्रती रोष प्रकट गर्नुभयो। यस्तो अबस्थामा स्थानीय सरकार चलाउने राज्य प्रमुखले गम्भीरता पुर्बक सोचेर अघि बढे जन्ताले दु:ख पनि नपाउने र आफुहरुको टाउको दुखाई पनि कम हुने थियो यश तर्फ समयमा ध्यानाकर्षण गर्न जरुरी छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij