सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सैनामैनामा लकडाउन थप कडाई : हेर्नुहोस् निर्णयहरु !

  • प्रकाशित मिति : शनिबार, बैशाख ६, २०७७



  • – बैशाख ५, २०७७
    बैशाख ५ सैनामैना ।

    रुपन्देहीको सैनामैना नगरपालिकाले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ ।

    सैनामैना विपद् तथा व्यवस्थापन समितिको आज बसेको बैठकले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड–१९ ) को उच्च जोखिम बढेकोे भन्दै सरकारले देशभर लकडाउन गरेको अवस्थामा पनि पुर्ण रुपमा नागरिकले लकडाउनको पालना नगरेकाले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको हो ।

    सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले नगरमा लकडाउनको समयमा बिहान साँझ अनावश्यक रुपमा मानिसहरु हिड्डुल गर्ने, सवारी साधन चलाएर हिड्ने कार्य बढेकाले थप कडाई गर्न विपद् तथा व्यवस्थापन समितिको बैठकले विभिन्न निर्णयहरु गरेको जानकारी गराउनुभयो ।

    कार्कीका अनुसार लकडाउन उल्लङ्घन गर्नेलाई सैनामैना वडा नं १ मा रहेको पद्मपाणी योग तथा प्राकृतिक चिकित्सालयमा निर्माण गरिएको कोरोना अस्थायी अस्पतालको क्वारेन्टिनमा राख्ने निर्णय समेत गरिएको छ ।

    त्यस्तै बैठकले नगर भित्र रहेका दैनिक उपभोग्य वस्तु विक्री गर्ने विभिन्न व्यवसायहरुमा मुल्य एकरुपता नभएको पाइएकोले सघन अनुगमन गर्ने निर्णय गर्नुका साथै दैनिक उपभोग्य वस्तुहरुको सरल व्यवस्थापन गर्न सैनामैना व्यपार संघ तथा सैनामैना उद्योग वाणिज्य संघलाई जिम्मेवारी प्रदान गर्ने भएको छ ।

    यसैगरी अति आवश्यक औषधि (दिर्घ रोगीहरुको लागि) खाद्य संकटमा परेका परिवारको लागि नगरका स्वास्थ्य संस्था मार्फत निशुल्क र अन्य परिवारको लागि नीजि स्वास्थ्य सेवा प्रदायक क्लिनीक मार्फत सःशुल्क उपलब्ध समेत निर्णय गरिएको नगर उपप्रमुख बिना रानाले बताउनुभयो ।
    नगरपालिका मार्फत सञ्चालन भएका अति आवश्यक योजना कार्यन्वयनका लागि आवश्यक श्रमिकहरुलाई निर्माण व्यवसायीले आवासीय सुविधा व्यवस्थापन गरि सञ्चालन गर्ने निर्णय समेत गरिएको उपप्रमुख रानाको भनाइ छ ।

    नगरपालिका भित्र कृषि कार्य गर्ने सम्पुर्ण नगरबासिहरुले बाह्य जनशक्ति प्रयोग नगरी घरपरिवार मिलेर सुरक्षित तरिकाले कार्य गर्न नगरपालिकाले आग्रह समेत गरेको छ ।

    कोषमा विभिन्न संघ संस्थाले प्रदान गरे ३६ लाख बढी रकम

    सैनामैना नगरपालिकाले स्थापना गरको विपद् तथा प्रकोप व्यवस्थापन कोषमा विभिन्न सँघ संस्थाहरुले आर्थिक तथा खाद्यन्न सहयोग गरेका छन् । विभिन्न राजनीतीक दल, संघसंस्था, क्लव, समाजसेवी व्यक्ति तथा कर्मचारीहरु बाट कोषमा ३६ लाख ४७ हजार ६ सय ८९ रुपैँया जम्मा भएको छ । यो रकम चैत्र १७ गतेदेखी बैशाख ४ गते सम्म जम्मा भएको रकम हो । यो आर्थिक सहयोग र खाद्यन्न सहयोगमा वडाहरुमा संकलित सहयोग समावेश गरिएको छैन् ।

    त्यसैगरी खाद्यन्न समाग्रीमा ४ हजार ७ सय ७५ किलो चामल , २ सय ८ किलो दाल, २ सय ७० लिटर तेल ,३ सय १६ किलो नुन , ४० किलो चिउरा , १ हजार ३ सय ४४ वटा सावुन , २५ थान पि.पि.इ , एन ९५ मास्क १२, ३ सय ८ थान ग्लोब्स र २० थान स्यानिटाइजर र १ हजार ५ सय पिस सर्जिकल मास्क राहत कोषमा संकलन भएको नगरपालिकाले जनाएको छ ।

    थप राहत सहयोग गर्न इच्छुक विभिन्न संघसंस्था, क्लव, समाजसेवी व्यक्ति तथा आम नगरवासीहरुलाई राहत सहयोग गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij