प्रकाशित मिति : शनिबार, बैशाख ६, २०७७
निलम ओली, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणीनी गाउँपालिकाले तीन दिन देखि भोको पेट हिडदै आएका १५ मजदुरलाई आज बिहान् खाना खुवाएर क्वारेन्टाइनमा राखिएको छ । 
लामो समय देखि बागलुङमा मजदुरी गरीरहेका मजदुरहरुलाई अहिलेको कोरोना भाईरसको महामारी शुरु भएपछि लकडाउनको कारणले १२ कंचनपुरका र ३ जना सुर्खेतका मजदुरहरुलाई उद्दार गरि क्वारेन्टाइन राखिएको गाउँपालिका अध्यक्ष अच्युत गौतमले जानकारी दिनुभयो।

उनीहरु सबैको स्वास्थ अबस्था सामान्य रहेकोे गौतमले बताउँनुभयो र उनीहरुलाई घर पठाउनका लागि सम्बन्धित जिल्लाका स्थानीय निकाय र प्रमुख जिल्ला अधिकारीसंग समन्वय भैरहेको अध्यक्ष गौतमले जानकारी दिनुभयो।


© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij