सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

“सरकारले निश्चित क्षेत्रमा लकडाउन खुकुलो बनाउन सक्छ”- अर्थमन्त्री खतिवडा

  • प्रकाशित मिति : आइतवार, बैशाख ७, २०७७



  • काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले सिमित क्षेत्रमा लक डाउन केही खुकुलो बनाउने बताएका छन् । उनले नीज क्षेत्रको संगठन नेपाल चेम्बर अफ कमसएसँग आइतबारको भेटमा अर्थमन्त्री खतिवडाले पुर्वाबार निमाृण र कोरोना जोखिम कम भएका क्षेत्रमा विस्तालै लकडाउन खुकुलो बनाउने बताएका हुन् ।

    उनले सरकारले मानिसहरु भोकै नमरुन् भन्ने उदेश्यले आपुर्तिको व्यवस्थापन राम्रो गरेको छ, संगठित क्षेत्रका मजदुरहरुले चैत महिनाको तलव पाउने छन् भने उनीहरुको सामाजिक सुरक्षा कोषको रकम सरकारले नै दिने भनेको छ, अर्कोतर्फ मजदुरी गर्नेहरुको हकमा सरकारले राहत पनि बाडीरहेको छ ।

    त्यस्तै उनले सरकारले दैनिक ज्याला नगरी खाना नपाउनेको लागि हामीले राहत वितरण गरेको हो, जसका लागि चाहिन्छ उसले मात्र राहत लिन र सक्ने मानिसहरु राहतको लाइनमा नबस्न पनि आग्रह । नेपाली श्रमीकहरु नै नेपालमा काम गर्ने वातावरण बनाउने र नीजी क्षेत्रको लागि दीर्घकालिन राहतको बजेट मार्फत घोषणा गर्ने बताए ।

    त्यसैगरी उनले भौगोलिक र व्यवासयीक रुपमा लकडाउनलाई केही खुकुलो बनाउन सकिने पनि बताए ।

    त्यस्तैगरी, अक्टोवरपछि चिनियाँ पर्यटक नेपालमा आउने र उनीहरुको लागि तयार रहन पर्यटन व्यवासायीलाई पनि आग्रह गरे । उनले आयात प्रतिष्थापन गर्नका लागि पेट्रोलियम पदार्थमा कर बढाइएको र इन्डक्सन चुलोको आयातमा राजस्व कम गरेको स्पष्ट पारे ।

    उनले राजस्वको स्रोत आयात हो त्यो खुम्चिएको छ । राजस्व लक्ष्यको धेरै कम उठेको तर खर्चको आवश्यकता बढकोले सरकारको टेजरी सहज अवस्थामा नभएको पनि उनले स्पष्ट पारे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij