प्रकाशित मिति : आइतवार, बैशाख ७, २०७७
मधुकर पाण्डे,काठमाडौ । जि. पि. कोइराला फाउन्डेशनले आज काठमाडौंमा भिडियो कफरेन्स गरेको छ, फाउन्डेसनका अध्यक्ष श्री अर्जुन पराजुलीको अध्यक्षतामा भएको भिडियो कन्फरेन्समाह फाउन्डेसनका पदाधिकारी ,सदस्य एवं फाउन्डेशनका क्षेत्रीय अध्यक्ष हरुको उपस्थिति थियो, सह संयोजक गंगाधर गौतम , सचिव परशुराम अर्याल , कोषाध्यक्ष नर्वदा पोखरेल , सदस्य माधव राज लामिछाने , राजेश तन्डुकार केदारनाथ तिमल्सीना, क्षेत्रीय अध्यक्ष १- अर्चन भट्टराई ३- दिवाकर न्यौपाने ९ कृष्णहरी बस्नेत यस भिडियो कन्फरेन्सबाट निम्न निर्णय गरियो ।
निर्णयहरु
१ काठमाडौं जिल्ला भित्रका फाउन्डेशनका गतिविधिहरु एवं सदस्यहरुको वस्तुस्थिति बुझ्ने र समाजमा आ – आफ्नो ठाँउबाट योगदान गर्नकालागी निर्देशनगर्ने निर्णय गरियो !
२ सरकारलाई मानव अधिकारको उच्चतम सम्मान एवं मानवियता प्रदर्शनगर्न अपिल गर्ने , नेपाल , भारत सिमानामा अलपत्र नेपालीलाई तत्काल स्वदेशमा ल्याई क्वरेन्टाईन राख्ने , साथै खाडी मुलुक लगायत अन्य मुलुकमा समेत अप्ठ्यारोमा परेका नेपालीहरुलाई तत्काल नेपाल ल्याउन र आवश्यक व्यवस्था मिलाउन माग गर्ने निर्णय गरीयो !!
३ – सरकारको रवैया उसका गतिविधि र अकर्मन्यता प्रति हाम्रो फाउन्डेशन गम्भिर भएको छ , अतः विपतिको यस समयमा थप जिम्मेवार हुन र आम नागरिकको बाँच्न पाउँने अधिकारलाई सम्मान गर्न सरकार सँग आग्रह गर्ने निर्णय गरीयो, साथै भ्रष्टाचार जन्य कृयाकलापको कुरा आमसंचार मार्फत बाहिर आएको सम्बन्धमा सत्यतथ्य के हो छानबीन गरि यथासिघ्र आम नेपाली जनता लाई सु- सुचित गराउन आग्रह गर्ने निर्णय गरियो ।
४ – लकडाउन लाई पुर्ण पालना गरि आफु पनि बाँच्ने र अरुलाई पनि बचाउन एवं सुरक्षित राख्न फाउन्डेशनका साथीहरुलाई अनुरोध गर्ने निर्णय गरियो !!
५. दैनिक उपभोग्य वस्तुहरु साथै खाद्यान्न , तरकारी दुध पसलमा भिडभाड देखिएकोले सो को निराकरणको लागी स्थानिय सरकार मार्फत बनाई घर घर मै डेलिवरी गर्न लागाउनको लागि स्थानिय तहलाई सुझाव दिने निर्णय गरीयो !!
६ – विपत्तिको यस घडीमा गिरिजा प्रसाद कोइराला फाउन्डेशन बुढानिलकन्ठ नगर समितिले बुढानिलकण्ठ नगरपालिका विपत ब्यवस्थापन समिति लाई रु 21000/ ( एक्काईस हजार ) सहयोग गरेकोमा जि. पि. फाउन्डेशन काठमाडौं जिल्ला नगर समितिका संयोजक नवराज भट्टराई एवं वहाँको समितिका साथीहरु सबैलाई धन्यवाद दिदैँ आभार प्रगट गर्दछ , साथै क्षेत्र नं ४को प्रदेश ४ ख का संयोजक बिजेन्द्र श्रेष्ट एवं उहाँकोसमिति कासाथिहरु प्रति जिल्ला समीति आभार प्रगट गर्दछ ।उहाँहरुले त्यसक्षेत्रमा सेनेटाइजर र मास्क बितरण गरि जनतामा चेतना फैलाउने जुन काम गर्नु भएको छ सहारनिय छ !! आउँदा दिनहरुमा यस्ता कामहरुबाट समाजमा फाउन्डेशन र आफुलाई गर्विलो उपस्थिति जनाई समाज सेवालाई अगाडी लग्नु हुने छ भन्ने जिल्ला समितिले आशा लिएको छ
७. मुलुक यति बेला संकटको घडी छ जनताको जीवन कष्टकर छ ! यस कठिन घडीमा संघिय सरकार , प्रदेश सरकार एवं स्थानिय सरकारसंग समन्वय तथा सहकार्यको लागी तयार रहेको कुरा निर्णय गरीयो !!
लकडाउन को पुर्ण पालना गराउँ र आफु पनि बाँचौ र अरु लाई पनि बचाऔँ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij