सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

लकडाउनमा जिउँदो मान्छेलाई लाश बनाए, एम्बुलेन्समा राखेर मान्छे मरेको भन्दै गाउँ हिँडे

  • प्रकाशित मिति : बिहिबार, बैशाख ११, २०७७



  • काठमाडौं। कोरोनाभाइरसका कारण विश्व्का धेरै देशहरु लकडाउनमा छन् । लकडाउनका बेला बाहिर यात्रा गर्नको लागि मानिसहरु विभिन्न बहाना बनाइरहेका छन् । केही समयअघि ललितपुरमा बस्ने केही व्यक्तिहरुले आमा मरेको बहानामा बस रिजर्भ गरेर जान लागेको प्रहरीले खुलासा गरेको थियो । तर, पाकिस्तानमा भने मानिसहरु योभन्दा धेरै अगाडि बढे । उनीहरुले एकजना जिउँदो व्यक्तिलाई लाश बनाएर एम्बुलेन्समा राखे र आफ्नो गन्तव्यतर्फ हिँडे ।

    पाकिस्तानको कराचीमा केही व्यक्तिहरुले लकडाउनमा यात्रा गर्नको लागि एक जना जीवित व्यक्तिलाई लाश बनेर सुत्न राजी गराए । पाकिस्तानी मिडिया रिपोर्टका अनुसार कराचीमा केही व्यक्तिहरुले एम्बुलेन्स बुक गरे । एम्बुलेन्सलाई कराचीबाट खैबर पख्तुनख्यासम्म जानको लागि पैसा पनि तय भयो । १० जना मिलेर योजनाअनुसार एक व्यक्तिलाई लाश बनाएर एम्बुलेन्समा सुताइयो । त्यसपछि एम्बुलेन्स चेकपोस्ट पार गर्दै अगाडि बढिरह्यो ।

    १० जनाले कराचीदेखि आफ्नो गन्तव्य खैबर पख्तुनख्वासम्म जानको लागि एम्बलेन्स चालकसँग साँठगाँठ गरेका थिए । यी व्यक्तिहरुसँग कुनै व्यक्तिको मृत्यु प्रमाणपत्र थियो । त्यही प्रमाणपत्रमा नाम उल्लेख गरिएका व्यक्ति मरेको भनेर जाने उनीहरुको योजना बन्यो । उनीहरुको बाटोमा एउटा सुपर हाइवे पनि पर्छ । हाइवेमा तैनाथ पुलिसकर्मीहरुले एम्बुलेन्स रोके र जाँच गर्न थाले ।

    पुलिसलाई एम्बुलेन्समा बसेका व्यक्तिहरुमाथि शंका भयो किनकि एम्बुलेन्समा १० जना थिए र यति धेरै मानिसहरु एम्बुलेन्समा हुनु असामान्य थियो । सोधपुछमा उनीहरुले आफन्तको मृत्यु भएको र शव लिएर पुर्ख्यौली गाउँ जान लागेको बताए । उनहिरुले आफूसँग भएको पुरानो मृत्यु प्रमाणपत्र देखाए । पुलिसलाई उनीहरुको हाउभाउमाथि शंका भयो । पुलिसले ‘लाश’ ढाकेको कफन हटाए । कफन हटाउनासाथ लाश बनेर सुतेका व्यक्ति उठेर बसे अनि सोधे ‘हामी पुग्यौं ?’ पुलिसले उनीहरुलाई पक्राउ गरेको छ । एम्बुलेन्स चालकलाई समेत हिरासतमा राखेर एम्बुलेन्स जफत गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij