सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सामाजिक दूरी कायम गर्दै नियमित खोप सञ्चालन गर्ने तयारी

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १२, २०७७



  • काठमाडौं । लकडाउनका करण विगत एक महिनादेखि रोकिएको बालबालिकालाई लगाइने नियमित खोप आगामी आगामी आइतबरदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण देशभरिका बालबालिकालाई दिइने आधारभूत खोप सञ्चालन हुनसकेको थिएन ।

    यसरी नियमितरूपमा लगाइने खोप लामो समयसम्म रोक्दा भविष्यमा यसले ठूलो स्वास्थ्य दुर्घटना निम्त्याउन सक्ने भन्दै दुई हप्ताअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूतरूपमा लागाइने खोपहरु सामाजिक दूरी कायम गर्दै निरन्तरता दिन आग्रह गरेको छ ।

    अहिले विषेश समय भएकाले खोप लगाउन मन्त्रालयले नियम पनि बनाइसकेकाले कुनै पनि बहानामा खोप कार्यक्रम नरोक्न मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ । मन्त्रालयका बाल स्वास्थ्य तथा खोप सेवा विभाग प्रमुख डा.झलक गौतमले बालबालिका जन्मेदेखि १५ महिना पुग्दासम्म लगाउनुपर्ने सबै खोप अनिवार्य लगाउनुपर्ने भन्दै उक्त खोप सेवाबाट बञ्चित भए बालबालिकाको मृत्युसम्म हुनसक्ने जानकारी गराए।

    नियमित खोप पहिदेखि नै शुरु गरिएको सेवा हो, त्यसका लागि कुनै विशेष तयारी गर्नुपर्ने हुँदैन । मन्त्रालयले कम्तीमा तीनदेखि छ फिटसम्म सामाजिक दूरी कामय गरी खोप सेवा सञ्चालन गर्ने, स्वयंसेवकमार्फत टोलवासीलाई खोप लगाउन समय जानकारी गराउने, भीड नियन्त्रण गर्नेजस्ता मापदण्ड पूरा गरी काम गर्न आग्रह गरेको छ ।

    खोप लगाउन खटिएका कर्मचारी पहिलो चरणमा बालबालिकालाई खोप दिन हुने÷नहुनेबारे पहिचान गर्नुपर्छ । यसरी खोपमा खटिने स्वास्थ्य कर्मचारीले अनिवार्यरूपमा कम्तीमा सर्जिकल मास्क, डिस्पोजेवल ग्लोब्सको प्रयोग र शुरुमा तथा अत्यावश्यकतानुसार नियमित साबुनपानीले हात धुने व्यवस्था हुनुपर्ने मन्त्रालयले जनाएको छ । यसरी स्वास्थ्यकर्मीका लागि सबै सामग्रीको व्यवस्था सम्बन्धित स्थानीय तहले तयार गर्नुपर्ने छ ।

    मन्त्रालयका अनुसार हरेक वर्ष छ लाख २० हजार बालबालिकाले जन्मदेखि १५ महिनासम्म लगाउनुपर्ने अनिवार्य र निःशुल्क खोप सेवा लिने गरेका छन् । यो अवधिमा उनीहरुलाई १२ वटा खोप लगाउनुपर्छ । ती सबै अनिवार्य खोप हुन् । काठमाडौँ महानगरपालिकाले पनि नियमित खोप सञ्चालन गर्नकै लागि सम्बन्धित सबैलाई परिपत्र गरिसकेको छ । यसरी लामो समय रोखिएको नियमित खोप सेवा सञ्चालन गर्ने तयारी गरे पनि यसबारे नागरिकलाई जानकारी भने गराएको छैन ।

    कामपा शहरी जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्यका अनुसार सबै वडामा पत्राचार गरिसकेकाले सोहीअनुरुप तयारी पनि भइरहेको छ । कामपा जनस्वास्थ्य अधिकृत मञ्जु मास्केका अनुसार कामपामा करिब ७० हजार बालबालिकाले वार्षिकरूपमा नियमित खोप लगाउनुपर्ने छ । विसीजी, डिपीटी, पोलियो, दादुराजस्ता १२ प्रकारको खोप नियमितअन्तर्गत पर्दछ ।

    कामपा मात्रै होइन, काठमाडौँ उपत्यकामा रहेका अन्य स्थानीय तहले पनि यी आधारभूत खोप सञ्चालन गर्ने तयारीमा लागेका छन् । मन्त्रालयले खोप सेवासँगै दीर्घरोगीको उपचार गर्न कुनै पनि बहानामा अस्पताललाई नपन्छिन आग्रह पनि गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij