सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

रोल्पामा क्वारेन्टाइनमा बसेका एकको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १६, २०७७



  • रोल्पामा क्वारेन्टाइनमा राखिएका एक वृद्धको मृत्यु भएको छ। माडीगाउँपालिका–२ पारिबाङको क्वारेन्टाइनमा राखिएका ६२ वर्षीय टुलबहादुर परियारको सोमबार राति ११ बजे मृत्यु भएको हो।

    इट्टाभट्टाबाट परिवारसँगै फर्किएका परियार ५ दिनदेखि क्वारेन्टाइनमा थिए। पारिवारिक स्रोतका अनुसार उनी दमका बिरामी थिए। दमको विबरामी भएपछि परियार तिहार लगत्तै उपचारका लागि काठमाडाँै गएका थिए। भट्टामा परिवारसँगै बसेका उनको वीर अस्पतालमा उपचार हुँदै आएका थियो।

    कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण लकडाउन गरिएपछि परिवारसँगै परियार गाउँ फर्किएका थिए। मजदुरको उद्दारसँगै उनीपनि गाउँ फर्किएको माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिए।

    गाउँपालिकाले काठमाडौ लगायतका विभिन्न ठाउँबाट आएका मजदुरलाई अनिवार्य क्वारेन्टाइन गरिएको छ। पारिबाङमा क्वारेन्टाइन गरिएकाको सोमबार थर्मलगनबाट ज्वारोसमेत जाँच गरिएको थियो। जाँचका क्रममा उनलाई ज्वारो देखिएको थिए।

    मृतकको स्वाब संकलनका लागि रेउघा अस्पतालबाट चिकित्सकको टोली गाउँ पुगिसकेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए। स्वाब निकालिएपछि मृतक परियारको दाहसंस्कार गरिने भएको छ। परिवारका अन्य सदस्य क्वारेन्टाइनमा रहेकाले आफन्त र छिमेकीले सावधानी अपनाई दाहसंस्कार गर्न भनिएको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिए।

    ६ हजार बढी क्वारेन्टाइनमा
    जिल्लाका अधिकांश विद्यालयलाई क्वारेन्टाइनमा परिणत गरिएको छ। आइतबारसम्म ६ हजार ३ सय ८९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। जिल्लाका दशवटा पालिकाका विभिन्न विद्यालयमा जिल्लाबाहिरबाट आउनेलाई क्वारेन्टाइन गरिएको हो।

    क्वारेन्टाइनमा राखिएकामा महिला २ हजार १ सय ९२ छन् भने पुरुष ४ हजार १ सय ९७ छन्। जिल्ला प्रशासन कार्यालय रोल्पाका अनुसार १ हजार ५ सय ५७ जना रुन्टीगढीको क्वारेन्टाइनमा छन्। त्रिवेणी गाउँपालिकामा १ हजार २ सय ३८ जना कवारेन्टाइनमा रहेका छन्।

    सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीका अनुसार माडीगाउँपालिकामा १ हजार ४, रोल्पा नगरपालिकमा ६ सय ९३, सुनछहरी गाउँपालिमा ५ सय ७३, परिवर्तन गाउँपालकमा ५ सय ६८, लुंग्री गाउँपालिकामा २ सय ३५, गंगादेव गाउँपालिकामा २ सय ३२, सुनिलस्मृति गाउँपालिकामा १ सय ६० र थबाङ गाउँपालिकामा १ सय २९ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij