प्रकाशित मिति : बुधबार, बैशाख १७, २०७७
निलम ओली, अर्घाखाँची। नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसको सचेतक माननिय पुस्पा भुसालले अर्घाखाँची जिल्लामा रहेका ६ वटै स्थानीय निकायले स्थापना गरेको कोरोना भाइरस बिपद ब्याबस्थापन कोषमा आफ्नो तर्फबाट प्रत्येक पालिकालाई २११०१ का दरले सहयोग गर्नुभएको छ । उहाँले नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती मार्फत उपलब्ध गराउनु भएको नेपाली काङ्ग्रेसका अर्घाखाँची जिल्ला सभापती बिष्णु मुस्कानले जानकारी दिनुभयो। पार्टीले सो रकम आज नै सम्बन्धित पालिकाको खातामा जम्मा गर्ने सभापति मुस्कानले जानकारी गराउँनु भयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij