प्रकाशित मिति : शुक्रबार, बैशाख १९, २०७७
बिनिता शर्मा, नवलपरासी । नवलपरासी जिल्लाको सरावल गाउँपालिकामा कृषि बिउबिजनमा कृषकहरुलाई ३०% अनुदान दिने भएको छ। गाउँपालिका भित्र रहेका सहकारी संस्थाहरु र कृषि बिउबिजनको कारोबारगर्ने मान्यता प्राप्त कम्पनीहरुसँग खरिदगर्ने गाउँपालिकाका कृषकहरुलाई धानको बिउमा गाउँपालिकाले ३०% अनुदान दिने गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।
अनुदानको लागि धानको बीउ खरिद गर्दा आवश्यक कागजात पेश गर्नुपर्ने अध्यक्ष चौधरीले बताउँनुभयो । आवश्यक कागजात निवेदन नागरिकताको प्रतिलिपि जग्गा लालपुर्जाको प्रतिलिपि तिरो तिरेको रसिद पेस गरेमा अनुदानको ब्यबस्था गरिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij