प्रकाशित मिति : बुधबार, बैशाख ३१, २०७७
नेपाल मेडिकल एसोसियसनका नेपाल मेडिकल कलेज डा.राजेश किसोर श्रेष्ठ र चिरायु अस्पतालका निर्देशक चन्द्रेश्वर वैद्य,नेपाल मेडिकल एसोसियसनका पुर्व अध्यक्ष डा.मुक्ति श्रेष्ठ,स्वास्थ कर्मि संघका अध्यक्ष रामराजा घिमिरे,प्रोफेसर डा.आनन्द शर्मा,मुना राना,मिना पुन आई.सि.यु. सुपरभाईजर, सलनुद्दिन मिया,सरला के.सि.नेपाल मेडिकल एसोसियसनका महासचिव डा.बद्री रिजाल,वि.पि.स्मृति अस्पतालका निर्देशक धन वहादुर राना लगायतले भाईरस सक्रमण र यसको नियन्त्रणमा महत्वपूर्ण सुझावहरु दिएका थिए ।

विज्ञहरुका अनुसार लकडाऊन व्यवस्थित नभएको,लक डाऊनको अवधिमा सरकारले गर्नु पर्ने आवस्यक कार्य सम्पन्न गर्न नसकेको,जसको कारण संक्रमणले भयावह अवस्था आऊन सक्ने सुझाएका थिए ।

निजी अस्पतालका प्रतिनिधिहरुले भने आफुहरु यस कठिन घडिमा सम्पुर्णरुपले मुलुक र जनताको लागि आवस्यक सहयोग र सेवा गर्न तयार रहेको तर सरकारले भने सहयोग लिने वातावरण वनाऊन नसकेको गुनासो गरेका थिए ।

छलफलमा ऊठेका विषयहरुलाई समितिका सदस्य डा.पोखरेलले ऊठेका समस्याहरुलाई समितिको वैठकमा राखि आवस्यक निर्णय लिन सरकारलाई प्रतिवेदन तयार गरि दिने वताएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij