सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

होम क्वारेन्टाइनमा बसेका श्रीमानसँग श्रीमतीले भेट्न नमानेपछि ती युवकले आत्महत्या गरे

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ५, २०७७



  • काठमाडौं। होम क्वारेन्टाइनमा बसेका श्रीमानसँग श्रीमतीले भेट्न नमानेपछि ती युवकले आत्महत्या गरेका छन् । उत्तर प्रदेशको जौनपुरमा कोरोनाको डरका कारण ती युवतीको जीवन उजाडिएको छ । होम क्वारेन्टाइनमा बसिरहेका युवकले श्रीमतीलाई भेट्न चाहेका थिए तर श्रमितीले भेट्न नमानेपछि दुःखी युवकले आत्महत्या गरेका हुन् ।

    आज तकका अनुसार जयकुमार मौर्य नामका युवक ४ दिन पहिले मुम्बइबाट फर्किएका थिए । उनलाई घरकै एक कोठामा होम क्वारेन्टाइनमा राखिएको थियो । कोरोनाबाट संक्रमित हुने डरले उनकी श्रमितीले उनलाई झ्यालबाट त हेर्थिन् तर उनको नजिक जान मान्दिनथिन् । १५ मेका दिन जयले श्रीमतीलाई कोठामा बोलाएका थिए तर उनकी श्रीमतीले मानिनन् ।

    जयले श्रीमतीलाई पटक पटक कोठामा आउन आग्रह गरे तर कोरोनाको डरले श्रीमती कोठामा गइनन् । श्रीमतीले पटक पटक अस्वीकार गरेपछि ती दुईबीच झगडा भयो । झगडाबाट आहत भएपछि जय कुमारले घर नजिकैको एक रुखमा झुण्डिएर आत्महत्या गरे । बिहान उनको शव बरामद भएपछि पुलिसले यसको थप जाँच गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij