प्रकाशित मिति : आइतवार, जेष्ठ ११, २०७७
बिनिता शर्मा, दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । रोल्पाका रुन्टीगढी गाउँपालिका वडा नं. ९ घर भई हाल घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरियामा बस्दै आएका २२ बर्षीय विजय केसीको मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रारम्भीक अनुसन्धानबाट आइतबार दिउँसो करिब १ बजेको समयमा पौडी खेल्न पोखरीमा पुगेको र पोखरीमा डुबेर मृत्यु भएको हो ।
घोराही उपमहानगरपालिकाले बनाएको उक्त पोखरीमा आईतबार बिहान साढे ११ बजेतिर डुबेर उनको मृत्यु भएको हो ।
उपमहानगरपालिकाले सोही ठाउँमा दुइवटा ड्याम बनाएको छ । आज भन्दा दुई वर्ष पहिले पनि सोही पोखरीमा पौडी खेल्ने क्रममा घोराही १५ का १८ वर्षका विवेक डिसीको डुबेर मृत्यु भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij