सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

भारतका पश्चिम तटीय क्षेत्रमा निसर्ग चक्रवत आँधी आउने सम्भावना

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २१, २०७७



  • काठमाडौं । दक्षिण पूर्वी अरब सागरमा हाल विकसित भइरेको निसर्ग आँधीको प्रभाव पर्न सक्ने भन्दै भारतीय अधिकारीहरुले सचेत रहन आग्रह गरेका छन् ।

    यसैसाता यसको प्रभाव भारतमा पर्ने भन्दै उनीहरुले सुरक्षाका लागि घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रहसमेत गरेका छन् ।

    नयाँ चक्रवत विकास भइरहेको विवरणसँगै भारतीय मौसम पूर्वानुमान निकायले दुई दिन भीषण आँधीबेहरी, वर्षा र चट्याङ पर्न सक्ने चेतावनीसमेत दिएका छन् ।

    निसर्ग नामको उक्त चक्रवत बुधबार अपरान्ह शक्तिशाली आँधी ९० देखि १०५ किलोमिटर प्रतिघण्टाको बेगमा तटीय क्षेत्रमा प्रवेश गनेृ भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

    निसर्गले भारतको मुम्बई र गुजरात लगायतका शहरमा असर पु¥याउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ ।

    आँधीको सम्भावित जोखिम कम गर्न ती राज्यहरुमा सुरक्षाकर्मी खटाइएको छ ।

    एक साताअघि भारतको पूर्वी तटबाट सुरु भएको एम्फन आँधीको प्रभाव दुई साता पछि मात्र देखिएको हो ।

    जसका कारण पूर्वी भारत र बंगलादेशमा ८५ जनाको मृत्यु भएको थियो ।

    प्रभावित भनिएका राज्यका तल्लो तटीय क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा लगिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    कोरोना संक्रमणका कारण प्रभावित भएको भारतमा वर्षापछि बढ्न सक्ने मलेरिया, झाडापखाला लगायतका महामारी नियन्त्रणका लागि सचेत रहन अधिकारीहरुले आग्रहसमेत गरेका छन् । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij