प्रकाशित मिति : सोमवार, असार १५, २०७७
शंकर के सी,
सल्यान, १२ असार ।
तरकारीमा मसलाको रुपमा प्रयोग हुने बेसार औषधिय गुणले भरिपूर्ण मानिन्छ । कृषि विज्ञहरुका अनुसार यसको बोट र गानोलाई हलेदो भनिन्छ भने धुलोलाई बेसार भनिन्छ । वनस्पती वैज्ञानिकहरुका अनुसार बेसारले मानव शरीरका सम्पूर्ण अंगमा औषधीय काम गरेको हुन्छ । बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै अन्य इन्फेक्सनबाट पनि बचाउँछ । पछिल्लो समय बेसारको उन्नत जात पत्ता लगाउने कार्यमा कृषि वैज्ञानिकहरु लागिपरेका छन् भने यसको खेती विस्तार पनि भइरहेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत देशको एकमात्र अदुवावाली अनुसन्धान कार्यक्रम कपुरकोटले बेसारको दुई वटा नयाँ जात पत्ता लगाएको छ । कपुरकोट हलेदो ‘१’ २०७१।०७२ मा सिफारिस भएपछि त्यसयताको लामो मेहनत पश्चात २०७४।०७५ मा बेसारको नयाँ जात कपुरकोट हलेदो २ पत्ता लागेको हो । कपुरकोट हलेदो ‘१’ नेपालको मध्य पहाड क्षेत्रमा खेती गर्नका लागि सिफारिस गरिएको छ ।
नेपालको तराई र मध्य पहाडी भेगको समुन्द्री सतह देखि १६०० मीटर उचाइ सम्म यस जातको बेसार खेती गर्न सकिने अदुवा वाली अनुसन्धान कार्यक्रम कपुरकोटका प्रमुख डाक्टर समिद अहमदले जानकारि दिए ।

उनका अनुसार ‘कपुरकोट हलेदो २’ को बोटको उचाईः ४२.८ से.मी सम्म हुने गर्दछ । यस जातको बेसारको पात अण्डाकार हुन्छ भने एउटा बोटमा ६ देखी ८ वटा सम्म पात हुने गर्दछन् । पातको लम्वाई ४३ से.मी, चौडाई १७ से.मी, गानो पिडालु आकार र धुलो फिक्का पहेलो हुन्छ । वाली तयार हुने समय (२४५–२६० दिन) रहेको छ भने एउटा गानोको तौल ४००–५५० ग्राम सम्म हुन्छ । प्रतिहेक्टर सरदर उत्पादन ३४.०५ मेट्रिक रहेको छ । र उत्पादन क्षमता २५–५५ मेट्रिक टनप्रति हेक्टर हुन्छ ।
प्रशोधन विशेषताबारे जानकारी दिँदै डाक्टर समिद अहमदले भने, ‘कपुरकोट हलेदो २ को बेसार धुलो बन्ने क्षमता ताजा तौलमा १६ प्रतिशत र सुकेको तौलको आधारमा ९४ प्रतिशतसम्म रहेको छ, यसमा बास्नादार तेलको मात्रा ३ दशमलव ७५ प्रतिशत हुन्छ ।’ अन्य जातको तुलनामा राम्रो उत्पादन हुने, बेसार धुलो बन्ने क्षमता धेरै भएकोले यसलाई व्यसायिक कृषकहरुले प्राथमिकता दिएर बढी रुचाएको पाइएको उनले बताए ।
कपुरकोट हलेदो ‘१’ को उत्पादन क्षमता २७.८३ मे.ट. प्रतिहेक्टर छ भने बेसार बन्ने क्षमता १३.८ प्रतिशत छ । डा. अहमदका अनुसार यस जातको हलेदोमा वास्नादार तेलको मात्रा ७.५ प्रतिशत छ ।

१५ सय किलो विउ उत्पादन
विउ उत्पादनमा विशेष जोड दिएको अदुवालाली अनुसन्धान कार्यक्रम कपुरकोटले चालु आर्थिक वर्षमा एक हजार पाँच सय किलो नयाँ जातको हलेदोको विउ उत्पादन गरेर विभिन्न जिल्लामा पुर्याएको छ । यय वर्ष कपुरकोट हलेदो १ को विउ ८ सय किलो उत्पादन गरिएको अदुवावाली अनुसन्धान कार्यक्रम कपुरकोटका सूचना अधिकारि (प्राविधिक अधिकृत) खेमराज शर्माले जानकारि दिए । उनका अनुसार उत्पादित हलेदोको विउ मध्ये १ सय किलो कृषि ज्ञान केन्द्र दाङ, १ सय किलो धादिङ, १ सय किलो गुल्मी, १ सय किलो अर्घाखाँचीमा र १५० किलो दाङ तथा सल्यानका किसानलाई विक्रि गरिएको छ ।
यस्तै यस वर्ष अनुसन्धान कार्यक्रमले कपुरकोट हलेदो २ को विउ ७ सय किलो उत्पादन भएको छ । जस मध्ये उष्ण प्रदेशीय वागवाणी विकास केन्द्र नुवाकोटमा २ सय किलो, धादिङमा १५० किलो र दाङमा ५० किलो वितरण गरिएको सूचना अधिकारी शर्माले जानकारि दिए ।
रुघाखोकी देखी टनसिललाई निको बनाउने बेसार
हलेदो (बेसार) फुल फुल्ने तर फल नलाग्ने भएको हुँदा गानोबाट नै प्रशारण गरिन्छ । पहेँलो रंग बनाउन, मसलाको रुपमा र औषधिको रुपमा बेसारको प्रयोग हुने गरेको छ । अदुवावाली अनुसन्धान कार्यक्रमका वैज्ञानिकहरुका अनुसार विभिन्न रोग र उपचारको लागि बेसारको रुपमा प्रयोग गरिन्छ । सूचना अधिकारि शर्मा भन्छन्, आधिकारिक रुपमा पुष्टी हुन नसकेको होला तर परमपरागत रुपमा गाउँघरतीर रुघाखोकी तथा घाउ भएमा औषधिको रुपमा बेसारको प्रयोग भएको पाइन्छ ।
रुघाखोकीमा ः एक चिम्टी बेसार तातो पानीसंग विहान बेलुकी पिउने गरेमा दुई तीन दिनमै रुघाखोकी निको हुन्छ ।
घाउ खटिरामाः कुनै पनि घाउ खटीरा वा काटेको ठाउँमा बेसारको धुलो तोरीको तेलमा पकाएर लगाउँदा ठिक हुन्छ ।
शरिर सुन्नीएकोमा वा मर्किएमाः ५ ग्राम बेसारको धुलो दुधमा पकाएर विहान बेलुका दुई चार दिन सेवन गर्नाले निको हुन्छ ।
टनसिल भएमाः बेसार र मह फिटेर बेलुका सुत्ने बेला टनसील बढेकोमा र टन्सील बनेकोमा लगाएमा समस्या समाधान हुन्छ ।
सल्यानमा तीनवटा बेसार पकेट क्षेत्र
कृषि अनुसन्धान परिषद्का अनुसार नेपालको करिव ७ हजार ३ सय हेक्टर क्षेत्रफलमा बेसारको खेती गर्ने गरिएको छ । जसमा एक वर्षमा ७१ हजार ५०० मे.ट उत्पादन हुनेगरेको छ ।
सल्यानमा ३ वटा बेसार पकेट क्षेत्र रहेको र किसानहरुले सामुहिक रुपमा खेती गरिरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । शारदा नगरपालिकाको मालनेटा, कालिमाटी गाउँपालिका र बागचौर नगरपालिकामा बेसार पकेट क्षेत्र तोकिएको कार्यालयका सूचना अधिकारि रेशम कुमार बस्नेतले जानकारि दिए ।
जिल्लामा ३ सय ५० हेक्टर भन्दा बढी क्षेत्रफलमा बेसार खेती हुँदै आएको छ । बस्नेतका अनुसार गत आर्थिक वर्ष २०७५।०७६ मा ३ सय २० हेक्टर क्षेत्रफलमा बेसार खेती भएको थियो । जसमा ३ हजार १४ मेट्रिकटन उत्पादन भएको सूचना अधिकारि बस्नेतले जनाए । यस वर्ष ३ सय ५० हेक्टर भन्दा बढी क्षेत्रफलमा बेसार खेती भएको उनको अनुमान छ । उत्पादीत बेसार जिल्ला भित्रै पनि खपत हुने गरेको छ भने छिमेकी जिल्ला दाङ, रोल्पा, सुर्खेतमा पनि जाने गरेको छ ।
जिल्लाबाट बेसारको विउ पनि जिल्ला वाहिर जाने गरेको छ । आफ्नो पकेट क्षेत्रबाट ३ सय ७७ क्वीन्टल बेसारको विउ यस वर्ष रोल्पा गएको माल्नेटा बेसार पकेट संचालन समितिका अध्यक्ष केन्द्र बहादुर हमालले जानकारि दिए ।
वेसार खेती प्रविधि
हावापानी
वेसार खेती गर्मी र आद्र्र हावापानीमा राम्रो हुने भएता पनि हलुका छायाँ भएको ठाँउमा पनि यो विरुवाको वृद्वि विकास सफलतापुर्वक हुन सक्छ । वेसार खेती समुन्द्र सतहदेखी १६०० मि. सम्मको उचाईमा गर्न सकिन्छ , यसको सफल खेतीका लागि २०–३० डि.से. तापमक्रको आवश्यकता पर्दछ । औषत वार्षिक वर्षा १०००–२००० मि.मि. हुने क्षेत्रमा विना सिंचाई पनि वेसार खेती सफलतापुर्वक गर्न सकिन्छ । धेरै चिसो र तुषारोले यो वालीलाई नोक्सान गर्दछ ।
माटो
वेसार खेतीका लागि प्रशस्त प्राङ्गारिक मल भएको, पानीको निकासको राम्रो व्यवस्था भएको, पानी नजम्ने हलुका फोक्रो र दुमट माटो उत्तम मानिने भएता पनि उचित मात्रामा मल, चिस्यान र उर्वराशक्ति बढाएको खण्डमा वेसारको वलौटे दोमट देखि लिएर चिम्टाइलो माटोमा पनि राम्रो उत्पादन गर्न सकिन्छ । पानीको उचित निकास नभएको ठाउँमा वेसारलाई ड्याङ वनाएर लगाउनु पर्छ । थोरै अम्लियपना भएको माटो वेसार खेतीका लागि उपयुक्त मानिन्छ भने वढि क्षारयुक्त माटो वेसारको लागि राम्रो मानिदैन, माटोको पि.एच. ५.५ – ६.५ उपयुक्त हुन्छ ।
२. वाली लगाउने समय, जात
वाली लगाउने समय ः
वेसार लगाउने समय मुख्यतः स्थानीय ठाउँको हावापानीमा भर पर्ने भएता पनि मध्यपहाडमा चैत महिनामा लगाउदा उपयुक्त हुन्छ भने तराई क्षेत्रमा मनसुन सुरु हुने वेलामा लगाउनु पर्दछ । वेसार लगाउन ढिला गर्दै गएमा उत्पादनमा ह्रास हुँदै जान्छ ।

जातः
नेपालमा हालसम्म वेसारको दुइवटा जातहरु मात्र कपुरकोट हलेदो– १ र कपुरकोट हलेदो– २ व्यावसायिक खेतीका लागि उन्मोचन भएका छन् । चित्र नं. १ बेसार बृद्धिको अवस्था चित्र नं. २ बीउ उत्पादनकाका लागी लगाइएको हलेदो
कृषकहरुले स्थान विशेषमा स्थानीय प्रचलित जात नै लगाउँदै आएका छन् । प्रयोगको प्रयोजन अनुरुपका जातहरु छनौट गर्नु पर्छ ,जस्तै मसलाको रुपमा प्रयोग गर्नको लागि हल्का पहेंलो रङ , ठुलो गानो, नरम र वढि वासनादार भएका जात छनौट गर्नु पर्छ भने रंगको रुपमा प्रयोग गर्नको लागि गाढा पहेंलो , कडा र चम्किलो रंग हुने, छिटो रंग वस्ने जातहरुको छनौट गर्नु पर्छ । नेपालमा अनुसन्धानका क्रममा रहेका ऋक्ष् ढडण्घ, ऋक्ष् ढडण्द्ध प्रजातिहरु उत्पादन तथा गुणस्तरका दृष्टिकोणले उत्कृष्ट पाईएका छन् भने भारतमा सुनगाभा, सुवर्ण, सुर्दशन, सुगुना आदि जातहरु प्रचलित रहेका छन् ।
कपुरकोट हलेदो– १
जातीय पृष्ठभुमी ः ऋक्ष् ढडण्ज्ञ
बानस्पतिक स्वरुप
बोटको उचाई ः ३०.४ से.मी
पातको आकारः अण्डाकार
पात संख्या÷वोटः ७.७
पातको लम्वाईः ५६ से.मी
पातको चौडाईः १६.० से.मी
गानोःपञ्जाकार
पानाकोलम्वाईः ११.८ से.मी
पानाको गोलाईः १०.८ से.मी
धुलोः गाडा पहेलो

जातीय बिशेषता चित्र नं. ३ः वेसारको गानो
वाली तयार हुने समय ः २४५–२६० दिन
डाँठको संख्या ः ३.२३ प्रति बोट ।
सराको संख्या ः सरदर ३ प्रति बोट ।
गानोको तौलः २५०–३०० ग्राम प्रति गानो ।
सरदर उत्पादन ः २७.८३ मे.टन प्रति हेक्टर ।
उत्पादन क्षमताः ४०–४२ मे.टन प्रति हेक्टर
प्रशोधन विशेषता ः
वेसार धुलो वन्ने क्षमताः १३.८ % ताजा
र ९२.८ % सुकेको तौल आधारमा
कुरक्युमिनको मात्राः ४.८९ ५
तेलः ६.६५५
बिशेष गुणहरु चित्र नं. ४ः वेसारको प्रशोधित धुलो
पातको थोप्ले ९लिफ व्लच० रोग सहन सक्ने ।
तुलनात्मक रुपमा राम्रो उत्पादन (सरदर २७.८३ मे.टन÷हे.) भएको र क्युरक्युमिन को मात्रा वढि ९४.८९ ५० भएको ।
वेसार धुलो वन्ने क्षमता धेरै (१३.८ %) भएको ।
कृषकहरुले वढी रुचाएको ।
सिफारिस भौगोलिक क्षेत्र
नेपालको मध्य पहाडी भेगका असिंचित पाखो बारी
कपुरकोट हलेदो– २
चित्र नं. ५ः बोट चित्र नं. ६ः गानो चित्र नं. ७ः धूलो
जातीय पृष्ठभुमी ः ऋक्ष् ण्द्दण्ढ
बानस्पतिक स्वरुप
बोटको उचाई ः ४२.८ से.मी
पातको आकारः अण्डाकार.
पात संख्या÷वोटः ६.८
पातको लम्वाईः ४३.० से.मी
पातको चौडाईः १७.० से.मी
गानोः पिडालु आकार
धुलोः फिक्का पहेलो
जातीय बिशेषता
वाली तयार हुने समय ः मध्यम (२४५–२६० दिन)
डाँठको संख्या ः २.६६ प्रति बोट ।
गानोको तौलः ४००–५५० ग्राम प्रति गानो ।
सरदर उत्पादन ः ३४.०५ मे.टन प्रति हेक्टर ।
उत्पादन क्षमताः २५–५५ मे.टन प्रति हेक्टर
प्रशोधन विशेषता ः
वेसार धुलो वन्ने क्षमताः १६ % ताजा तौलमा र ९४ % सुकेको तौल आधारमा
कुरक्युमिनको मात्राः २.५९ ५
वास्नादार तेलको मात्राः ३.७५५
बिशेष गुणहरु
लिफ व्लच सहन सक्ने ।
तुलनात्मक रुपमा राम्रो उत्पादन भएको ।
वेसार धुलो वन्ने क्षमता धेरै भएको
व्वसायिक कृषकहरुले ग्राह्यता दिएको÷वढी रुचाएको
सिफारिस गरिने भौगोलिक क्षेत्र
नेपालको तराई र मध्य पहाडी भेगको समुन्द्री सतह देखि १६०० मीटर उचाइ सम्म
३. जग्गा तयारी, लगाउने तरिका, मलखाद व्यवस्थापन
जग्गा तयारी
माघ फाल्गुन तिर पानी परी सकेपछि तिन चार पटक खनजोत गरी, अन्तिम जोताई अगाडि आवश्यकता अनुसारको गोवर मल राखी माटोमा मिसाई जमिन तयारी गर्नु पर्छ । यसका अतिरिक्त आबश्यक ठाउँबाट पानी तर्काउने कुलेसो बनाई पानी नजम्ने ब्यबस्था मिलाउन पर्छ ।
लगाउने तरीका
गानोलाई समथर जग्गामा निम्नानुसारले रोप्नुपर्दछ ः
हार देखी हार देखी हारको दुरी ः ३० से.मी.
वोट देखि वोटको दुरी ः २५ से.मी.
गहिराई ः ४ ५ से.मी.
मलखाद ब्यबस्थापन ः
वेसारलाई आवश्यक पर्ने मुख्य तथा सुक्ष्म खाद्यतत्वहरु विभिन्न मलखादद्घारा दिन सकिन्छ । जस्तै प्राङ्गारिक मल तथा रासायनिक मल । प्राङ्गारिक मल वाट विरुवालाई चाहिने मुख्य तथा सुक्ष्म खाद्यतत्वहरु थोरै मात्रामा तर विस्तारै प्राप्त भई लामो समय सम्म प्राप्त हुन्छ भने रासायनिक मलवाट मुख्य खाद्यतत्वहरु मात्र सजिलै र धेरै मात्रामा विरुवालाई उपलव्ध हुन्छ । प्राङ्गारिक मलको प्रयोग वाट माटो फोप्रो हुने, दिगो समय सम्म उर्वरापन कायम रहने, सुक्ष्मतत्वहरु समेत उपलव्ध भई माटोको भौतिक तथा रसायनिक गुण सुधार भई वेसारको उत्पादनमा वृद्वि हुन जाने भएकाले प्रशस्त मात्रामा प्राङ्गारिक मल (गोठेमल वा कम्पोष्ट मल) हाल्दा फाईदा हुन्छ । यो मल जमिन तयारी गर्ने वेलामा राखी तुरुन्तै माटोमा मिलाई हाल्नु पर्दछ, खुल्ला राख्दा १२ घन्टामा ६ ٪, ३६ घन्टामा २३ ٪ र ७ दिनमा ३६٪ नाईट्रोजन उडेर नोक्सान हुन्छ । वेसार एक खन्चुवा वाली भएकाले, यसलाई प्रशस्त मात्रामा प्राङ्गारिक मल तथा रासायनिक मलको आवश्यकता पर्दछ । सामान्यतया वेसार खेतीमा निम्नानुसारको मलखादको मात्रा प्रयोग गर्नु पर्छ ।
बिरुवाको लागी आबश्यक पोषक तत्वहरुः
बोट बिरुवाको विकास तथा बृद्धिको लागी बिभिन्न पोषक तत्वहरुको आबश्यकता पर्दछ । बिरुवाले त्यस्ता पोषक तत्वहरु बिभिन्न श्रोतहरु जस्तै माटो, हावा र पानीबाट प्राप्त गर्ने गर्दछ । ति मध्ये कार्वन र अक्सिजन हावा वाट, हाईड्रोजन पानीवाट र वाँकी तत्वहरु माटोवाट विरुवामा प्रवेश गर्छन् ।
पोषक तत्वका सैद्धान्तिक आधारहरुः
आबश्यक पोषक तत्वको कमी भएमा बिरुवाले आफ्नो जीवन चक्र पुरा गर्न सक्दैनन् ।
एउटा पोषक तत्वको कमीबाट देखिएको लक्षणलाई अन्य कुनै पनि पोषक तत्व दिएर पुरा गर्न सकिदैन ।
पोषक तत्वले बिरुवाको भित्रि काम गर्ने प्रकृयामा सोझै प्रभाव पार्दछ ।
बिरुवाको लागी आबश्यक पोषक तत्वहरुलाई मुख्यतया २ भागमा बाड्न सकिन्छ ।
क) मुख्य पोषक तत्व
मुख्य पोषक तत्व भन्नाले कार्वन, हाइड्रोजन, अक्सिजन, नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम, म्याग्नेसियम र सल्फर पर्दछ । कार्वन हावाबाट, हाइड्रोजन र अक्सिजन पानी र हावाबाट बिरुवाले प्राप्त गर्ने हुनाले यी तत्वहरु बिरुवा आफैले खोजी गर्दछ भने अन्य ६ वटा तत्वहरु मध्ये पनि नाइट्रोजन, फस्फोरस र पोटास बिरुवालाई बढि मात्रामा आबश्यक पर्ने हुनाले प्राथमिक पोषक तत्व भनिन्छ र क्याल्सियम, म्याग्नेसियम र सल्फर थोरै मात्रामा भए पनि पुग्ने हुनाले तिनिहरुलाई सहायक पोषक तत्व भनिन्छ ।
१) नाइट्रोजन ९ल्ष्तचयनभल०ः
यसको प्रयोगले वेसारको वोटलाई हरियो बनाइ हलक्क बढाउँछ । यसको कमी भयो भने बिरुवाका तल्ला भागका पुराना पातहरु पहेंलो हुने र पातको टुप्पोबाट फेद तिर पहेंलो बढ्दै जान्छ र साथै गानोको वृद्धि विकास पनि रोकिन्छ ।
२) फस्फोरस ९एजयकउजयचगक०स्
यस तत्वले वेसारकोे गानो फैलन, डाँठलाई दरिलो पार्र्न मद्दत गर्दछ । यसको कमी भयो भने वेसारको बोट बढ्न सक्दैन, बोट होंचो र पातहरु राता एवं वैजनी रंगका हुन्छन् ।
३) पोटासियम ९एयतबककष्गm०स्
यसले प्रकाशको राम्रो उपयोग गरी प्रतिकूल अवस्थामा पनि वेसारको वोटलाई संरक्षण गर्न मद्दत गर्दछ । रोग किराको प्रकोप कम गराउँछ । प्रोटिन र हरितकण निर्माणमा सहयोग पु¥याउछ ।
४) क्याल्सियम ९ऋबअिष्गm०स्
यस तत्वले वेसारको बिरुवाको कोष निर्माणमा सहयोग गर्ने भएकोले गानो, पात, नयाँ मुना आदीको बृद्धि विकास गर्नमा ठूलो भुमिका हुन्छ । यसले माटोको अम्लियपन सुधार गर्न मद्दत गर्दछ ।
५) म्याग्नेसियम ९ःबनलभकष्गm०स्
यो हरितकणको अत्यन्तै आबश्यक अंग हो । यसले विरुवामा चिनिको संकलन गर्नमा मद्दत गर्दछ, साथै माटोको अमिलोपन सुधार्ने र फस्फोरसलाई एक ठाँउवाट अर्को ठाँउमा जान प्रेरित गर्दछ ।
६) सल्फर ९क्गउिजगच०स्
यो तत्वले वेसारको उत्पादन वृद्धिमा राम्रो भुमिका खेल्दछ । पातको हरियो रंग कायम राख्दछ । गानो तथा डाठँको वृद्धिमा सघाउँछ ।
ख) सुक्ष्म पोषक तत्वः
सुक्ष्म तत्वहरु थोरै मात्रामा नभइनहुने भएकोले ब्यबसायिक वेसारखेतीको लागी यसको प्रयोग अनिवार्य भइसकेको छ । कतिपय पोषक तत्वहरु माटोमा नै प्रशस्त हुने भएकोले पुनः थप गरिरहन पर्दैन भने कुनै थप गर्न पनि पर्ने हुन्छ । विरुवाको लागी सन्तुलित मात्रामा पोषक तत्वको मात्रा पु¥याइयो भने पूर्ण रुपमा उत्पादन लिन सकिन्छ ।
वोरोन ९द्ययचयल०स्
यसले क्याल्सियमलाई घुलनशील राख्ने र प्रसारण गर्ने हुनाले क्याल्सियम मेटाबोलिज्ममा सहयोग पु¥याउदछ । यो तत्व प्रोटिन निर्माण तथा संश्लेषण गर्न आबश्यक हुनुको साथै यसले वेसारकोे गानोको वृद्धि विकासमा पनि मद्दत गर्दछ ।
मोलिब्डेनम ९ःयभिदमभलगm०स्
हावामा नाइट्रोजन जम्मा गर्ने जिवाणुहरुको क्रियाकलापमा वृद्धि गर्दछ । वेसारको समग्र वृद्धि विकासमा भुमिका खेल्दछ ।
फलाम ९क्ष्चयल०स्
विरुवामा हरितकण निर्माण तथा संरक्षण गर्न मद्दत गर्दछ । इन्जाइम बन्नमा पनि यसको ठूलो भुमिका हुन्छ । यसको कमी भयो भने वेसारको पातहरु पहेंलो हुने हुन्छ ।
तामा ९ऋयउउभच०स्
यसले फलामको उपयोग बढाइदिन्छ, वेसारकोे वोटको वृद्धिमा मद्दत पु¥याउँदछ ।
जस्ता ९श्ष्लअ०स्
बिरुवाको बृद्धि र विकास गराउन मद्दत गर्दछ । यसको कमी भयो भने वेसारको पातहरु पहेंला हुने, बोटहरु पुड्का हुने, विरुवाको बृद्धि रोकिने हुन्छ ।
म्यागनिज ९ःबनलभकभ०स्
वेसारकोे विरुवाको हरितकण निर्माणमा उत्प्रेरित गर्दछ । विरुवाको श्वास क्रियामा सहयोग पु¥याउँदछ ।
क्लोरिन ९ऋजयिचष्ल०स्
वेसारको विरुवाको वृद्धि र विकासमा निकै मद्दत गर्दछ ।
बाली उत्पादनमा वोट बिरुवालाई चाहिने खाद्य तत्व उपलब्ध गराउन र विरुवाले लिएको खाद्यतत्व माटोमा पुनः परीपूर्ति गर्न मलखादको प्रयोगको मुख्य उद्देश्य हो । बिरुवालाई चाहिने माथी उल्लेखित खाद्यतत्वहरु प्राङ्गारीक÷जैविक तथा रासायनिक मलबाट दिन सकिन्छ ।
१) प्राङ्गारीक÷जैविक मलः
बिभिन्न प्रकारका वनस्पती गाई बस्तुका मल, मूत्र आदीलाई कुहाएर वा जीव, जन्तुको हाड, खोर आदीको प्रयोग गरेर वनाइएको मललाई जैविक मल भनिन्छ । प्राङ्गारीक मल बाट विरुवालाई चाहिने खाद्यतत्वहरु थोरै मात्रामा तर बिस्तारै लामो समयसम्म प्राप्त हुन्छ । बेसार एउटा खन्चुवा वाली भएकाले यो लगाएपछि माटोबाट धेरै खाद्यतत्व नित्रिन्छ । वेसार माटोमा फल्ने रुपान्तरीत काण्ड भएकाले माटोमा चिस्यान बचाई राख्न यसलाई
मुख्य गरी प्राङ्गारीक मलको आबश्यकता पर्दछ । चित्र नं ८ः वेसार लगाउनु पूर्व मलखादको प्रयोग
त्यसैले प्रशस्त मात्रामा गोठेमल हाल्दा फाईदा हुन्छ ।
प्राङ्गारीक मलको फाईदाः
१. माटोमा भएको प्राङ्गारीक पदार्थले वाली उत्पादनमा दिगोपन कायम गर्न मद्दत गर्छ ।
२. माटोको भौतिक र रासायनिक गुण सुधार गरी माटोलाई खुकुलो र मलिलो बनाउँदछ ।
३. माटोको पानी शोषण र जम्मा गर्न सक्ने क्षमताको विकास गर्नसक्ने क्षमता बढाउँछ ।
४. माटोको उर्बराशक्ति बढाउँछ र धेरै प्रयोग भए पनि खराब गर्दैन ।
५. बिरुवालाई चाहिने सुक्ष्मतत्वहरु बढाउँछ ।
६. यसले विरुवालाई चाहिने आबश्यक पोषक तत्वको आपूर्ति गर्दछ ।
७. स्थानिय स्रोत साधनवाट तयार गर्न सकिन्छ ।
जैविक मलका प्रकारहरुः
क) कम्पोष्ट मल घ) चिया मल
ख) गोठे मल ङ) गीति मल
ग) हरियो मल
क) कम्पोष्ट मलः
यो मल वेसार बालीको लागी ज्यादै राम्रो मानिन्छ । घर वरीपरिको सुकेका पतकर, गाई बस्तुका मल, मूत्रलाई कुहाएर बनाइने मललाई कम्पोष्ट मल भनिन्छ ।
बनाउने तरिकाः
पानी नजम्ने, उचों ठाँउको छनौट गर्नुहोस् ।
१ मिटर लम्वाई, १ मिटर चौडाइ र १ मिटर गहिराईको २ वटा खाल्डो बनाउनुहोस ।
१५ से.मी. वा एक कूरेत जती सुकेका ढोंड तथा सुकेका साना काठको झिक्राहरु सो खाल्डोमा राख्नुहोस ।
१ फुट वा एक मूडेहात जती सुकेका पतकर वा स्याउला वा अन्य झारपातहरु खाल्डोमा राख्नुहोस र बेस्सरी थिच्नुहोस । सुकेका भए पानी छर्कदै खुट्टाले हावा सबै निस्कने गरी थिच्नुहोस ।
एक तह गाइ बस्तुको गोवर, मूत्र पनि सो खाल्डोमा राख्नुहोस र फेरी अर्को तह पतकर राख्नूहोस । यसरी पतकर, गोवर मूत्रको तह तह बनाउनुहोस । बीच बीचमा खरानी वा यूरिया मल जोरनको रुपमा प्रयोग गर्नुहोस अथवा इ.एम. भन्ने सूक्ष्म जीवाणुको झोल प्रयोग गर्नुहोस जसले कुहाउने प्रकृयालाई छिटो गरिदिन्छ र चाँडो मल तयार हुन्छ ।
खाल्डो भन्दा माथी आउने गरी अर्ध गोलाकार आकारमा पतकरहरुलाई मिलाउनुहोस ।
गोवर, माटोले सो पतकरलाई पोत्नुहोस र एउटा काठको लौरो बीचमा गाडीदिनुहोस जसले खाल्डो भित्र आबश्यक हावा प्रसार हुन सक्छ ।
२ वटा खाल्डो बनाउनु भयो भने १.५ महिना पछि अर्को खाल्डोमा मल पल्टाउनुहोस । ३ महिनामा राम्रो कुहिएको कम्पोष्ट मल तयार हुन्छ ।
यसका अलावा थुप्रो विधिवाट पनि कम्पोष्ट मल वनाउन सकिन्छ ।
ख) गोठे मलः
गोठको मललाई नै गोठे मल भनिन्छ । पहाडी तथा अन्य स्थानमा कृषकहरुले अत्याधिक मात्रामा प्रयोग गर्ने मल नै गोठे मल हो । हाल कृषकहरुले प्रयोग गर्दै आएको मल काँचो हुने, गोठलाई सारिरहने गर्नाले मलको गुणस्तर नहुने र रातो कमिला तथा खुम्रे लाग्ने हुनाले गोठे मललाई सुधार गर्न आबश्यक देखिन्छ । गोठे मललाई निम्न तरिकाबाट सुधार गर्न सकिन्छ । मलको २ वटा खाल्डो बनाउने, प्रत्येक ३, ३ महिनामा मल पल्टाउने र मल खेत बारीमा प्रयोग गर्दा राम्रो संग पाकेको वा कुहिएको मल मात्र प्रयोग गर्ने गर्नु पर्दछ ।
ग) हरियो मलः
कोशे बाली जस्तै बोडी, मास, ढैंचा आदीलाई हरियो अवस्थामा नै काटेर बारीमा बिछ्याएर जोतिएमा नाइट्रोजन प्रशस्त पाइन्छ । यसरी प्रयोग गर्ने मललाई हरियो मल भनिन्छ ।
३) चिया मलः
बिभिन्न थरीका बोट बिरुवा जस्तैः नीम, बकाइनो, सिस्नो, तितेपाती, बनमारा, आदीलाई साना साना टुक्रा बनाई एउटा जुटको बोरामा राख्ने र ड्रममा गाई बस्तुको मल मूत्र राख्ने र सो जुटको बोरालाई ड्रममा राखेको गाई बस्तुको मल मूत्रमा डुवाउने डुवाएको १ हप्ता पछि आबश्यक मात्रामा सो झारपातको टुक्रालाई निकाल्ने र १ भागमा ७ भाग पानी मिसाएर तरकारीको पात, फेदमा राख्ने जसले बिरुवाको लागी आबश्यक मलको मात्रा पनि पु¥याउदछ भने रोग किरा नियन्त्रणमा पनि मद्दत गर्दछ ।
ङ) गीति मलः
माथी भनिएका झारपातलाई टुक्रा बनाई गाई बस्तुको मल मूत्र राखेको ड्रममा राख्ने र सो झोललाई १५ दिन पछि प्रयोग गर्न सकिन्छ । यसरी झोलको रुपमा प्रयोग गर्ने मललाई गीति मल भनिन्छ । यस झोल मलमा १ भागमा ७ भाग पानी मिसाउनु पर्दछ । यदि ड्रममा राखेको झोल धेरै पुरानो छ भने पानीको मात्रा १० भाग सम्म मिसाउनु पर्दछ । साना बोट बिरुवामा राखदै हुनुहुन्छ भने पानीको मात्रा बढाउनु पर्दछ र ठुलो बोट बिरुवा भएमा पानीको मात्रा छ भाग सम्म मिसाउनु पर्ने हुन्छ ।
केहि प्राङ्गारिक मलका पौष्टिक संरचनाः
स्रोत
नाईट्रोजन ९५०
फस्फोरस ९५०
पोटास ९५०
गोठेमल
०.५०
०.२५
०.५०
कम्पोष्ट
०.५०
०.१५
०.५०
गाईवस्तुको मल
२.४१
०.७५
०.८८
सुँगुरको मल
२.११
२.४१
०.९७
व्रोईलर कुखुराको मल
३.१७
३.२९
२.४१
मानव मल
५.५०
४.००
२.००
फोहरमैला
१.५०—३.५०
०.७५—४.००
०.३०—६.०
तोरीको पिना
५.२०
१.८०
१.२०
नीमको पिना
५.००
१.१०
१.५०
रासायनिक मलः
बिभिन्न रसायन मिलाइ कारखानामा उत्पादन गरिएको मललाई रासायनिक मल भनिन्छ । रासायनिक मलमा मुख्य खाद्यतत्वहरु मात्र सजिलै र धेरै मात्रामा बिरुवालाई उपलब्ध हुन्छ । सन्तुलित रुपमा तत्व मिलाएर रासायनिक मलको प्रयोग गरेमा राम्रो उत्पादन लिन सकिन्छ तर समयमा उपलब्ध हुन नसक्ने र शुद्ध रुपमा पाइन मुश्किल हुने हुनाले कृषकहरु मर्कामा परेका छन् । यूरिया, डि.ए.पि. तथा पोटास मलहरु रासायनिक रुपमा पाइन्छ । अन्य सूक्ष्म तत्वहरु पनि अहिले भिटामिनको रुपमा पाइन्छ । ब्यबसायिक रुपमा वेसार खेती गर्नेहरुको लागी सन्तुलित रुपमा रासायनिक मलको प्रयोग गर्नु पर्दछ ।
मलको मात्रा स्थान बिशेष अनुसार फरक पर्दछ । सामान्यतया बेसारखेतीका लागि ३० टन कम्पोष्ट वा गोठे मल र नाईट्रोजन, फस्फोरस तथा पोटास क्रमशः ७५ः५०ः५० के.जी. प्रति हेक्टर सिफारिस गरीएको छ । कम उर्बराशक्ति भएको माटोमा रासायनिक मलको मात्रा बढाई क्रमशः १००ः ७५ः १०० के.जी. नाईट्रोजन, फसफोरस, र पोटास प्रयोग गर्नु पर्छ ।
बजारमा पाइने बिभिन्न किसिमका रासायनिक मलहरु र तिनमा पाइने खाद्यतत्व
सिफारीस मलखादको मात्रा र प्रयोग बिधी (एकीकृत बाली ब्यवस्थापनका लागि)ः
मलखादको नाम मात्रा प्रति रोपनी मात्रा प्रति हे. प्रयोग गर्ने समय
१. गोठेमल ५०—६० डोका २० टन जग्गा तयारी गर्ने वेला
२. डि.ए.पि. ३.२६ के.जी. ६५.२१ के.जी. जग्गा तयारी गर्ने वेला
३. यूरीया १.९८ के.जी. ३९.७१ के.जी. ०.९÷२१.६६ के.जी. उम्रेको ३० दिनमा
१.०८÷१८.०५ के.जी उम्रेको २ महिनामा
४.म्युरेट अफ पोटास ५ के.जी १०० के.जी आधा जग्गा तयारी गर्ने वेला
आदा उम्रेको २ महिना पछि
जमिनको अवस्था अनुरुप मलखादको मात्रा फरक पर्न जान्छ बलौटे, भू—क्षय भएको, वढि पानी पर्ने, वढि वाली सघनता भएको, सिंचित क्षेत्र भएको, कम मलिलो जमीनमा मलको मात्रा वढि चाहिन्छ ।
प्राङ्गारिक वेसार खेतीका लागि प्राङ्गारिक मलहरु यथेष्ठ मात्रामा प्रयोग गर्नु पर्दछ । वेसार एउटा खन्चुवा वाली भएकाले यो लगाएपछि माटोबाट धेरै खाद्यतत्व नित्रिन्छ । त्यसैले प्राङ्गारिक खेती गर्दा उल्लेखित प्राङ्गारिक मलहरुको मात्रा वढाएर हाल्नु पर्दछ । वेसार खेतीमा पनि तोरीको पिना १०० के.जी. प्रति रोपनीका दरले प्रयोग गर्न सकिन्छ ।
४. विउदर, गानोको छनौट
विउदर ः
वेसारको मुख्य प्रसारण गानोवाट हुने हुँदा स्वस्थ्य ३० — ३५ ग्रामको गानो प्रति रोपनी १५०—१७५ किलोग्रामका दरले प्रयोग गरिन्छ । वीउको मात्रा वीउको जात र वजनमा भर पर्ने हुदाँ जात अनुरुप केहि फरक पर्न सक्छ ।
गानोको छनौट ः
वेसारको वोटमा फुल नलाग्ने र संयोगवस लागे पनि वीउ नलाग्ने हुदा यसको वानस्पतिक भाग (गानो) नै वीउको रुपमा प्रयोग गरिन्छ । वेसारको आशातित उत्पादन पाउनमा वीउ गानोे छनौटको अहं भूमिका रहेको हुन्छ । गुुणस्तरीय वीउ भएन भने एकातर्फ आवश्यकता अनुरुपका वेर्ना संख्या उम्रन नसक्दा उत्पादनमा ह्रास हुन जान्छ भने अर्को तर्फ उम्रिएका विरुवा कमजोर भै गानो सानो हुँदा उत्पादन कम हुन जान्छ । वीउ छनौट गर्दा कम्तीमा दुईवटा उम्रने मुना भएको, निरोगी, नचाउरीएको, नकाटिएको ३०—३५ ग्रामको वीउ छान्नु पर्दछ ।
चित्र नं ९ः वेसार लगाउनु पूर्व बीउ उपचार गरिद
५. छापो हाल्ने, उकेरा लगाउने छापो हाल्ने
वेसारलाई चैत्र वैशाखमा रोपिने र प्राय असिंचित जमिनमै खेती हुने हुँदा माटोको चिस्यान जोगाई राख्न छापोको महत्वपूर्ण भुमिका हुन्छ । छापोको प्रयोगवाट चिस्यान कायम रहि विरुवाको राम्रो वृद्घि विकास भई उत्पादनमा समेत वृद्घि हुन जान्छ । यसका अतिरिक्त छापोको प्रयोगवाट निम्न फाईदाहरु हुने गर्दछ
झारपातको रोकथाम गर्न ।
माटोवाट खाद्य तत्वको समुचित उपयोग गर्न तथा माटो फोप्रो वनाउन ।
ठुलो पानी, असीना, भू–क्षयबाट वचाउन ।
माटोको तापक्रम एकै नासको राख्न ।
छापो माटोमा सड्न गई प्राङ्गारिक पदार्थको पुर्ति गर्न ।
नेपालमा वेसार खेतीका लागि प्रयोग गरिने छापोहरुः
ठाउँ विशेष अनुसार विभिन्न किसिमको छापो हाल्ने गरेको पाईन्छ । ति मध्य अधिकाशं ठाउँमा सल्लाको कुसुम, विभिन्न रुखका सुकेका पातहरु, हरियो पात समेतका स साना हागाँहरु, वावियो खर छापोको रुपमा प्रयोग गरीन्छ भने केहि ठाउँमा हिउदमा पशु वस्तुलाई घाँस खुवाई वचेका खुकुुला स्याउलालाई छापोको रुपमा प्रयोग गरीन्छ । चाडै सड्ने किसिमको छापो वेसार खेतीका लागि सवैभन्दा उपयुक्त मानिन्छ ।
उकेरा लगाउने ः
वेसार खेतीका लागि अनिवार्य रुपमा छापो प्रयोग गर्नु पर्ने हुँदा खासै उकेरा लगाउनु आवश्यक देखिदैन । यदि छापो हालेको छैन, छापो पातलो भएको छ भने उम्रेको १ महिना पछि उकेरा लगाउनु पर्दछ । वेसारको गानो वढ्दै गएपछि गानो माटो वाहिर निस्किएको देखिएमा माटोले पुरिदिनुु पर्छ । सामान्य तरिकाले खेती गरेको तुलनामा उकेरा लगाएको वेसार वाट राम्रो उत्पादन लिन सकिन्छ ।
बेसार खेतीका लागि छापोदिने समय, छापोको मात्रा र मोटाइः
वेसार रोपिसकेपछि तुरुन्तै पुर्णरुपले माटो ढाकिने गरी लगभग ४–५ से.मी वाक्लो छापो हाल्नु पर्छ । सुकेका पातहरु भए हावाले नउडाउने गरी सिट्टाले च्याप्ने व्यवस्था मिलाउनु पर्छ । काँचो छापो प्रयोग गरेको ठाउँमा पातहरु सुकिसकेपछि खाली ठाउँ देखिने भएकाले १५ दिनको अन्तरमा वेसार लगाएको वारीलाई अनुगमन गरी आवश्यक छापोको व्यवस्था गर्नु पर्दछ । सुकेका वस्तुहरुको प्रयोग गर्दा हावाले उडाउन नसक्ने गरी सिठाले दवाउनु पर्दछ । सुकेको स्याउला ४०–५० ठुलो डोका भए १ रोपनी जग्गालाई पुग्दछ ।
६. सिंचाइ, निकास झारपात नियन्त्रण र गोडमेल ः
वेसारमा छापोको प्रयोग द्वारा चिस्यान कायम राख्न र झारपात नियन्त्रण हुन केहि सहयोग पुगे तापनि माटोमा चिस्यानको मात्रा हेरी सिंचाईको व्यवस्था गर्नु पर्दछ । जमिनमा पानी जम्न गएमा उत्पादनमा नकारात्मक प्रभाव पर्ने भएकाले पानीको निकासको उपयुक्त व्यवस्था गर्नु पर्दछ ।
चित्र नं. १० हलेदो लगाएको बारीमब गोडमेल गरिदै
वेसार खेतीमा प्रशस्त मलखाद प्रयोग हुने र सुरुको अवस्थामा वेसारको कम वृद्घि हुनाले झारहरु चाँडै उम्रिएर मुख्य वाली संग खाद्यतत्व, चिस्यान, प्रकाश, अदि संग प्रतिष्पर्धा गरी उत्पादनमा ह्रास गराउने हुँदा झारपातको प्रकोप अनुसार पटक पटक गोडमेल गरी माटो खुकुलो पार्नु पर्दछ ।
७ वेसार वाली संरक्षण प्रविधि
रोग ः
वेसार विभिन्न रोगमा औषधिको रुपमा प्रयोग हुने भएता पनि यसलाई विभिन्न कारकतत्वहरुले रोग लगाउने गर्दछन् । प्रमुख गरी वेसारमा निमाटोड (जुका), विषाणु, शाकाणु, तथा ढुसीजन्य रोगहरुले आक्रमण गरेको पाईन्छ । वेसारमा विभिन्न किसिमका रोगहरुले आक्रमण गर्ने भएतापनि नेपालमा मुख्य गरि निम्न किसिमका रोगहरुले आक्रमण गरेको पाईन्छ ः
१) पातको खटिरा (ीभबा कउयत)ः
परिचय
वेसार खेतीमा आर्थिक रुपमा क्षति पु¥याउन सक्ने एक प्रमुख रोगका रुपमा चिनिने यो रोग वेसार खेती गरिने प्राय क्षेत्रमा लागेको पाईन्छ ।
कारक तत्वः
यो रोग ऋयििभतयतचष्अजगm अबउकष्अष् नामक ढुसीको कारणले लाग्ने गर्दछ ।
लक्षण ः
श्रावण भाद्र तिर जव लगातार वर्षा हुन्छ र वायुमण्डलमा आद्रता वढि हुन्छ, वेसारको पातको माथिल्लो भागमा असिमित खैरा रङका थोप्लाहरु देखा पर्न थाल्छन । ४—५ से.मी. लम्वाई र २—३ से.मी चौडाईका यी थोप्लाहरु विकसित हुदै सेतो अथवा खरानी रंगको केन्द्र भई एकआपसमा जोडिई कालो रंगमा परिणत हुदै जान्छन र पात सुकेर भुईमा लत्री वोट ओईलाउदै जान्छ ।
चित्र नं ११ः वेसारको पातको खटिरा
रोकथाम ः
लक्षण देखिनु भन्दा पहिले श्रावणको पहिलो हप्तामा १.० ५ वोर्डो मिश्रण वा २ ५ क्याप्टान, १५ दिनको फरमा छर्कनु पर्दछ ।
रोगमुक्त क्षेत्रको स्वस्थ वीउ मात्र प्रयोग गर्ने र वीउ उपचार गरेर मात्र प्रयोग गर्नु पर्ने ।
रोगी वोटहरु र संक्रमित पातहरुलाई जम्मा गरी जलाउनु पर्ने ।
यो ढुसी गानो वाट सर्न जान्छ र यसले खुर्सानीमा पनि आक्रमण गर्न सक्ने हुदा वाली चक्र अपनाउँदा खुसार्नी लगाउनु हुदैन ।
२) खैरो थोप्ले÷ डढुवा रोग (ीभबा दयितअज) ः
परिचय
वेसार खेतीमा आर्थिक रुपमा क्षति पु¥याउन सक्ने एक प्रमुख रोगका रुपमा चिनिने यो रोग वेसार खेती गरिने प्राय क्षेत्रमा लागेको पाईन्छ । यो रोग विशेष गरि ८०٪ सापेक्षित आद्रता र २१ देखी २३ डिग्री से. तापक्रममा उग्र हुने गर्दछ । सामान्यतया कार्तिक मंसिर तिर यो रोग वढि जसो देखापर्दछ ।
कारक तत्वः
यो रोग त्बउजबचष्लब mबअगबिलक चित्र नं १२ः वेसारको खैरो थोप्ले रोगको ढुसी र रोगको लक्षण
नामक ढुसीवाट लाग्ने गर्दछ ।
लक्षण ः
यो रोगवाट ग्रसित विरुवाको प्राय तल्लो पातवाट सुरुभई पातको दुवैपट्टि १–२ मी.मी.चौडाईका धव्वाहरु देखिने भएतापनि प्राय धव्वा पातको माथीपट्टि देखिन्छन् । सुरुको अवस्थाका
धव्वाहरु हल्का पहेंलो हुने र पछि गाढा पहेंलोमा परिणत भै पुरै पात पहेलिन गई पातहरु लत्रेर
झर्न थाल्छ । यसवाट विरुवा सहजै नमर्ने भएतापनि पात
पहेंलिन गई वोटको कार्यक्षमता घटि उत्पादनमा कमी आउने गर्दछ ।
रोकथाम ः
१٪ वोर्डो मिश्रण वा डाईथेन जेड ७८ (०.२—०.३٪) अथवा व्लाईटक्स ५० (३ ग्रा.÷लि.) को घोल छर्कदा केहि हदसम्म रोग नियन्त्रण हुने गर्दछ, रोगको अवस्था अनुसार १५ दिनको फरकमा दोहोराउन पर्छ ।
रोगमुक्त क्षेत्रको स्वस्थ वीउ मात्र प्रयोग गर्ने र वीउ उपचार गरेर मात्र प्रयोग गर्नु पर्ने ।
रोगी वोटहरु र संक्रमित पातहरुलाई जम्मा गरी जलाउनु पर्ने ।
३) गानो कुहिने (च्जष्शयmभ च्यत)ः
परिचय
वेसार खेतीमा आर्थिक रुपमा ठुलो क्षति पु¥याउन सक्ने यो रोग नेपालमा फाट्टफुट्ट रुपमा मात्र देखीएको छ ।
कारक तत्वः
यो रोग पिथियम (एथतजष्गm कउउ) तथा फ्युजारियम ९ँगकबचष्गm कउउ) प्रजातिका ढुसीको आक्रमणले लाग्ने गर्दछ ।
लक्षण ः
यो रोग वाट ग्रसित विरुवाको सुरुको अवस्थामा सराको तल्लो पातको टुप्पो पहेंलिन्छ र विस्तारै पहेंलोपना पातको दुवै किनारा हुँदै सराको फेदसम्म वढ्दै जान्छ । रोग वृद्घि हुदै जादा सम्पुर्ण पातहरु पहेंलिन्छन र सरा तान्दा सजिलै संग आउँछ वा सडेर आफै ढल्छन र अन्त्यमा गानो नै फ्यात्त कुहिन्छ ।
रोकथाम ः
वीउ गानोहरु रोगमुक्त क्षेत्रवाट ल्याउनु पर्ने र वीउ उपचार पछि मात्र लगाउनु पर्ने ।
रोगी वोटहरु र संक्रमित पातहरुलाई जम्मा गरी जलाउनु पर्ने ।
चित्र नं १३ः वेसारको गानो कुहिने रोगको लक्षण
ब्यवस्थापनः
बेसारको गानो कुहिने रोगको दिगो रुपमा सफल व्यवस्थापनको लागि निम्न प्राङ्गारिक तथा एकिकृत उपायहरु रुपमा अपनाउनु पर्दछ ।
प्राङ्गारिक विधिहरुः
१) निरोगी वीउ गानोको प्रयोगः
वीउ गानोवाट पनि रोग सर्ने हुदाँ वीउको श्रोत रोग रहित स्थानमा उत्पादन भएको हुनु पर्दछ । संक्रमित गानोलाई वीउको रुपमा प्रयोग गर्नु हुदैन ।
२) रोग अवरोधी वा रोग सहन सक्ने जातको प्रयोगः
गानो कुहिने रोग नलाग्ने तथा रोग सहन सक्ने जातहरु छनौट गर्ने जस्तैः कपुरकोट हलेदो १, कपुरकोट हलेदो २ लगाउने ।
३) वीउ उपचार गर्नेः
प्राङ्गारिक वेसारको उत्पादनको लागि विभिन्न जैविक तत्वहरुको प्रयोग गरि वीउ उपचार गर्न सकिन्छ जस्तै ट्राईकोडर्मा ढुसीको धुलो ५ ग्राम प्रति लि पानीमा मिसाई वनाईएको घोलमा १ घण्टा वीउ गानो डुवाएर उपचार गर्नु पर्दछ ।
४) वाली चक्र अपनाउनेः
गानो कुहिने रोगको ढुसीको जिवाणु कम्तीमा २ वर्ष माटोमा वा संक्रमीत गानोमा वाँच्न सक्ने भएकाले एउटै जमिनमा वर्षेनी वेसार खेती गर्नु हुदैन । यर्सथ रोग कम गर्न तिन वर्षे वाली चक्र अपनाउनु पर्दछ । बाली चक्रमा आलु, भण्टा, खुर्सानी, टमाटर नलगाउने अदुवा भन्दा अगाडि कोदो, ध्यू सीमी अथवा तोरी लगाउनु रोग व्यवस्थापनका लागि प्रभावकारी हुन्छ । भिरालो जग्गामा तिन वर्षे वालीचक्र अपनाउने योजना छ भने प्रत्येक वर्षका लागि तेस्रो (ज्यचष्शयलतब)ि गरी छुट्याउनु भन्दा ठाडो (ख्भचतष्अब)ि गरी तीन भाग लगाउनु उपर्युक्त मानिन्छ ।
५) जमिनमा पानी निकासको लागि उचित प्रवन्ध मिलाउनेः
पिथियम प्रजातिका प्रायः सवै ढुसीहरुले जमिनमा पानी जम्ने जस्तो उचित वातावरणमा पानीमा पौडने खालका असंंख्य जिवाणु (जुस्पोर) जन्माउने र यीनीहरु वग्ने पानी र वर्षाको पानीको छिटाको माध्यम वाट एक ठाउँवाट अर्को ठाँउमा पुगि नयाँ विरुवामा आक्रमण गर्ने हुँदा पानी नजम्ने भिरालो जग्गाको छनौट गर्ने र निकासको व्यवस्था गर्ने । पानी जम्ने ठाँउमा जमिनवाट १५ से.मी. अग्लो ड्याङ उठाई लगाउने ।
६) माटोलाई उपचार गर्नु पर्नेः
माटोको पि. एच. सन्तुलन गर्ने, १०–१५ से.मी. अग्लो ड्याङमा सेतो प्लाष्टिकले छोपि १ महिना सोलाराईजेसन चित्र नं १४ः माटो निर्मलीकरण गरेको
(माटो निर्मलीकरण) गरी, ट्राईकोडर्मा हार्जिएनम १० ग्रा.÷के.जी. कम्पोष्ट मलका दरले प्रयोग गरी वेसार लगाउने ।
८) जमिनको सरसफाईः
झारपात र रोगी वोटहरु देखा पर्ना साथ जरा सहित उखेलेर हटाउनु पर्दछ । वेसार खनिसकेपछि यसको अवशेष (जरा, सरा, रोगी गानो) सवै संकलन गरी जलाईदिनु पर्ने र वेसार पछिको वालीमा उम्रेका वेसारका वोटहरु जरै देखि उखेलि हटाउनु पर्ने । झार उखेल्ने काम पानी परेको दिनमा नगर्ने, वेसार लगाउदा धेरै वाक्लो गरि नलगाउने, ३० × ३० से.मी.को दुरीमा लगाउनु पर्ने यसरी सरसफाईमा ध्यान दिँदा रोगको जिवाणुहरु कम हुने गर्दछ ।
९) माटोमा अन्य सामाग्रीको प्रयोगः
बेसार लगाउँदा कुलेसोमा प्रति रोपनी १०० के.जी. निम वा तोरीको पिना र २.५–३ के.जी. टिमुरको धुलोको प्रयोग गर्दा रोग न्युनीकरण हुन जा
वाली तयारी तथा भित्राउने
जव हलेदोको पातहरु पहेंला हँुदै जान्छन् र सुक्न थाल्छन्, सम्झनुपर्दछ कि वाली खन्ने वेला भएको छ । कृषकहरुले कहीं कहीं बाली लगाएको २ वर्षपछि मात्र खन्ने गर्दछन् । जात अनुरुप वाली लिने समय फरक परेता पनि सामान्यतया लगाएको ९ महिनामा वाली तयार हुने हुँदा एक वषर््ामा नै वाली खन्नु पर्छ । वाली लिनको लागि पौष देखि फाल्गुन सम्मको समय उपयुक्त मानिन्छ । हलेदोको डाँठहरु गाना झिक्नु भन्दा करीव ५—७ दिन अघि काट्नु पर्दछ । वाली लिन जग्गालाई हलो तथा कोदालोको सहायताले खनजोत गरी त्यसवाट वेसारका गानाहरुलाई हातले राम्रो संग टिप्नु पर्दछ । टिपिएका गानाहरु राम्रो संग सफा गरी उचित भण्डारण गरी राख्नु पर्दछ ।
पहाडी क्षेत्रमा उपयुक्त प्रविधिअनुसार खेती गरेमा प्रति रोपनी १.० देखि १.५ मे. टन सम्म वेसार उत्पादन हुनसक्छ । उपयुक्त समयमा वाली लिँदा यसवाट वढि सुकेको वेसार पाउन सकिन्छ ।
बेसारको धुलो भण्डारण ः
वेसारको धुलोको सुरक्षित भण्डारण गर्न सकिएन भने त्यसको पौष्टिकता र गुणस्तरमा ह्रास हुन जाने हुँदा धुलो बेसारको उचित भण्डारण प्रक्रियामा ध्यान पु¥याउनु जरुरी हुन्छ । बेसारको धुलोलाई सामान्यतया माटोको भाँडाहरु जस्तै भुर्कि, घैटा तथा प्लाष्टिक राखी भण्डारण गर्न सकिने भएता पनि प्लाष्टिकमा राख्दा चप्किएर विग्रन सक्ने हुँदा माटाका भाँडाहरुमा भण्डारण गर्नु उपयुक्त मानिन्छ ।
बेसार भण्डारणः
वेसारमा चिस्यानको मात्रा धेरै हुने हुँदा सुुरक्षित भण्डारण गर्नु अत्यावश्यक हुन्छ, अन्यथा भण्डारणमा सुक्ने, चाउरिने, कुहिने आदि समस्याहरु आई वेसारको गुणस्तर घट्न जान्छ । वेसारको भण्डारण गर्दा १२—१४ डि.से. तापक्रम र ६५—७०٪ सापेक्षित आद्रता भएको वातावरण मिलाउन सकिने कोठामा सजिलै संग ५—६ महिना सम्म सुरक्षित भण्डारण गर्न सकिन्छ । कृषक स्तरमा यस्तो किसिमको वातावरण नियन्त्रित कोठा वनाउन खर्चिलो हुने हँुदा परम्परागत खाडलमा केहि सुधार गरी वा सेलार स्टोरको प्रयोग गरी स्वस्थ वीउ भण्डारण गर्न सकिन्छ ।
चित्र नं १६ः वेसारको खाडल भण्डारण प्रविधि
निम्न लिखित तरिकाहरु अपनाई कृषकहरुको स्तरमा वेसारको सुरक्षित भण्डारण गर्न सकिन्छ ः
खाडल वनाउँदा छाँया पर्ने, अलिकति भिरालो, पानी नजम्ने ठाँउको छनौट गर्नु पर्छ ।
विभिन्न क्षमताको खाडल वनाउन सकिने भएता पनि गहिराई १ मि. भन्दा वढि हुनु हुदैन । सामान्यतया १ मि. लामो, १ मि. चौडाई, १ मि गहिरो खाडल उपयुक्त मानिन्छ ।
एक घन मिटर खाडलमा ३५० किलो वेसारको गानो भण्डारण गर्न सकिने हँुदा उत्पादन थोरै भएको अवस्थामा सानो आकारको खाडलमा राखे पनि हुन्छ । एक मिटर भन्दा गहिरो खाडल आर्थिक दृष्टिकोणले उपयुक्त हुँदैन । साथै भण्डारण गरेको वेसार झिक्दा धेरै कुल्चिएर टुसा भाँचिई वीउ गुणस्तरमा नकारात्मक असर पर्दछ ।
२५ ग्राम ईण्डोफिल एम—४५ र मालाथिएन २५ मि.ली. १० लि. पानीमा मिसाई वनाएको विषादी घोलमा वीउ गानोलाई १ घण्टा डुवाई छाँयामा सुकाउने, खाएन वेसार भण्डारण गर्दा उपचार गर्नु हुदैन ।
खाडललाई एक हप्ता सूर्यको प्रकाशले निर्मलीकरण गरी सकेपछि पुनः झार जंगल जलाउनुका साथै बिषादी प्रयोग गरी निर्मलीकरण गर्दा उपयुक्त हुन्छ ।
खाडलको पिंधमा करीब एक ईन्च बाक्लो हुने गरी बालुवा वा धानको मोटो भुस वा काठको धुलो बिछ््याउनु पर्दछ ।
उपचारित वेसारको गानोहरु बोक्रा नखुईलिने गरी चाङ लगाएर ६ ईन्च बाँकि राखी पुरा खाडल भर्नु पर्दछ ।
खाडल काठको फ्ल्याकले ढाक्ने, बिच भागमा पर्ने गरी फ्ल्याकमा २ ईन्चको प्वाल पारी ३ फिट लामो पाईप वा भित्रको गाँठो फालेको बाँस खडा गरी राख्नु पर्छ ।
छायाँ दिनका लागि अस्थाई छाप्रो बनाउनु पर्छ । जसले पानी पस्नबाट जोगाउँछ र तापक्रम घटाउन मद्दत गर्दछ ।
खाडलको चारैतिर कुलेसो काटी पानी पस्नबाट बचाउनु पर्दछ ।
बेसार प्रसोधन
विशेष गरेर बेसारलाई धुलो बनाई मसलाको रुपमा प्रयोग गरिन्छ । धुलो बेसार वनाउने प्रविधि ठाँउ अनुसार फरक फरक हुन्छ, सामान्यतया बेसारको प्रशोधन गर्दा निम्न कुराहरुमा ध्यान पु¥याउनु पर्दछ ।
वारीवाट खनेर ल्याईएका गानाहरुवाट पुराना तथा नयाँ गाना छुट्याई छुट्टा छुट्टै प्रशोधन गर्नु पर्दछ ।
हलेदोका गानाहरुवाट जराहरु हटाई पानीले राम्रो संग धोई चक्कुको सहायताले स साना टुक्राहरुमा छुट्याएर चाना बनाई सुकाउने र सुकिसकेपछि उपलव्ध साधनमा पिसी मसिनो धुलो वनाई भण्डारण गर्नुपर्दछ ।
अथवा, गानाहरुलाई तामा वा माटोको भाँडामा पानीले डुव्ने गरी राखी उमाल्ने, जवसम्म सेतो वाफ र विशेष किसिमको गन्ध आउदैन तवसम्म उमाल्नु पर्दछ ।
सामान्यतया ४०–६० मिनेट उमालेपछि यो नरम हुन्छ र यसलाई पानीवाट निकाल्नु पर्छ ।
यसरी बनाएका बेसारका चानाहरुलाई करीव १२–१५ दिन सम्म घाममा सुकाउनु पर्दछ, सुकेको वेसार भाँच्दा धातुको जस्तो आवाज आउनु पर्दछ ।
चानामा चिस्यानको मात्रा १०٪ भन्दा कम भएपछि यसलाई पिँधेर धुलो वनाउने काम गर्नुपर्दछ ।
वेसारमा राम्रो रङ्ग ल्याउनको लागि यसलाई २० ग्राम सोडियम वाइसल्फाइड र २० ग्राम हाइड्रोक्लोरिक एसिड प्रति ४४ के.जी. गानो पानीमा राखी उमाल्ने गरिन्छ ।
सामान्यतया काँचो वेसारवाट १५–२० प्रतिशत प्रशोधित वेसार पाउन सकिन्छ, र यसमा ५–६ ٪ तेल हुन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij