आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बझाङमा पहिरो जाँदा सात जना वेपत्ता, १७ वटा घर बगे

  • प्रकाशित मिति : शनिबार, असार २०, २०७७



  • कैलाली । बझाङमा पहिरो जाँदा सात जना वेपत्ता भएका छन् । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरो जाँदा सात जना वेपत्ता भएका हुन् ।

    गाउँ माथिबाट आएको पहिरोले वडा नम्वर ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले जानकारी दिनुभयो ।

    बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले घटना स्थलमा प्रहरी टोली पठाईएको जानकारी दिनुभयो ।

    पानी परी रहेका कारण खोलामा पानीको बहाव बढेका कारण घटनास्थलमा पुग्न समस्या भइरहेको बताइएको छ ।

    राती एक बजे तिर माटोसंगै ढुङ्गा बगेर आउन थालेपछि गाउँलेहरुको भागाभाग मच्चिएको थियो ।

    पहिरोमा परि बेपत्ता हुनेमा बर्ष ४४ की राम देबी जेठारा, उहाँकी १५ बर्षीया छोरी शान्ति जेठारा , ७ बर्षीया छोरी अस्मिता जेठारा र ११ बर्षिया छोरा प्रयाग जेठारा रहेका छन् ।

    त्यस्तै नबराज जेठाराकी ११ बर्षीया छोरी सन्तु कुमारी जेठारा , प्रेम जेठाराका २० बर्षीय छोरा गिरिजा जेठारा र ८० बर्षीय दले जेठारा रहेको बताइएको छ ।

    पहिरोले घरमा भएको अन्न, लुगा कपडा, गाई, भैसी गोरु लगायत १८ परिबारको धन सम्पती समेत बगाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij