सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

तनहुँमा पहिरोमा परेर नौ जना बेपत्ता, एक जनाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, असार २९, २०७७



  • तनहुँ । तनहुँको ग्याम्दे गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । १७ वर्षीया लक्ष्मी बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनको रत्नहरि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । तनहुँकै ऋषिङ गाउँपालिका–८ भैसीकिलेमा पहिरोले घर पुर्दा पाँच जना बेपत्ता भएका छन् ।

    गएराति गएको पहिरोमा परी एकै घरपरिवारका पाँच जना पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

    स्थानीय आनबहादुर सुनारीको घर पहिरोले पुरिँदा सुनारीका दुई छोरा र दुई बुहारी र एक नातिनी बेपत्ता भएको तनहुँ प्रहरीले जनाएको छ ।

    सुनारीकी श्रीमती घाइते भएकोमा उनलाई उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । स्थानीयको सहयोगमा बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ ।

    त्यसैगरी व्याँस नगरपालिका –९ मा एकै घरका ४ जना पुरीएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij