सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

स्वच्छ पानी खुवाउने अभियानमा सैनामैना, सबै सामुदायिक बिधालयलाई उच्च स्तरको फिल्टर र सेनेटरी प्याड बितरण

  • प्रकाशित मिति : आइतवार, साउन ११, २०७७



  • सैनामैना साउन ११ सैनामैना नगरपालिकाले नगर भित्रको सबै सामुदायिक बिधालयहरुलाई उच्च स्तरको तातो चिसो आउने प्रबिधिको फिल्टर हस्तान्तरण गरेको छ । पानीका कारण संक्रमण नहोस भन्ने उद्धेश्यले सबै सामुदायिक बिधालयमा फ्रिज जडान भएको उच्च प्रबिधिको फिल्टर उपलब्द गराईएको सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो ।

     

    नेपाल सरकारको निति अनुसार सबै बिधालयमा छात्रा तथा महिला कर्माचारीलाई आवश्यक पर्ने सेनेटरी प्याड र भेन्डीङ्ग मेशिन खरिद गरी उपलब्द गराईको समेत प्रमुख कार्कीले बताउनु भयो ।

     

    महिला कर्माचारी तथा बिधालयका छात्राहरु महिनावारी भएको बेलामा कुनै समस्या नहोस र सामान्य अवस्थामा जस्तै कार्य गर्न सकुन भन्ने उद्धेश्यले सेनेटरी प्याड उपलब्द गराईएको कार्कीले बताउनु भयो ।

     

    सबै कार्यालयहरुमा आधारभुत स्वास्थ्य सुरक्षा प्रदान गरेर मात्र संचालन गर्नु पर्नेमा प्र्मुख कार्कीले जोड दिनु भएको थियो ।नगरका भित्रका आधारभुत बिधालयलाई ५० लि क्षमताको र माध्यमिक बिधालयलाई २०० लि क्षमताको उच्च स्तरको चिसो पानी आउने प्रबिधिको फिल्टर उपलब्द गाराईएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनु भयो ।

     

    सबै सामुदायिक बिधालयहरुलाई बर्ष भरी पुग्ने गरी सेनेटरी प्याड उपलब्द गराईएको सैनामैनाका शिक्षा शाखा प्रमुख हेमराज अर्यालले बताउनु भयो । बिधालयमा संचलानको समयमा छात्राहरुलाई महिनावारीको समयमा पनि सहज रुपले अध्ययनमा सहभागी हुन भन्ने उद्धेश्यले सेनेटरी प्याड उपलब्द गराईएको समेत शिक्षा शाखा प्रमुख अर्यालले बताउनु भयो । बिधालयमा स्वच्छ पानी उपलब्द होस भन्ने उद्धेश्यले नगरपालिकाले फिल्टर उपलब्द गराएकोमा आफुहरु उत्साही भएको रामापुर मा .बि का प्रधानाध्यापक नेत्रलाल पुरी पौडेलले बताउनु भयो ।

     

    महिनावारीको समयमा धेरै छात्राहरु बिधालयमा अनुपस्थित हुने समस्या तरेको सैनामैना पर्रोहा परमेश्वर मा बि का प्रधानाध्यापक कृष्ण पौडेलले बताउनु भयो । सबै बिधालयलाई उपलब्द गराउने उद्धेश्यले रु २५ लाखको लागतमा १८ वटा उच्च प्रबिधिको फिल्टर खरीद गरिएको नगरपालिकाले जनाएको छ । ७१ हजार प्याकेट सेनेटरी प्याड ३८ लाख र १८ वटा भेडिङ्ग मेशीन ३ लाख ६० हजारमा खरिद गरी साम्दायिक बिधालयलाई उपलब्द गराईएको सैनामैनाको जिन्सी शाखाका जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij