सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आजको राशीफल

  • प्रकाशित मिति : आइतवार, साउन १८, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धर्ममा मन जाने हुनाले धार्मिक स्थल तथा मन्दिर तिरको यात्रा हाेला। खोज तथा अनुशन्धानमा गरिएको लगानीबाट भनेजस्तो नतिजाको अपेक्षा गर्न सकिनेछ। प्रिय पात्रलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न रहनेछ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कामको तालमेल नमिल्दा न्यून उपलब्धि हासिल हुनेछ। स्वास्थ्यमा सामान्य समस्या आई औषधि उपचार खर्च बढेर जानेछ। व्यापारमा मन्दी आउनाले आर्थिक संकटको सामना गर्नुपर्नेछ। खोजीमुलक काममा रुचि बढ्नेछ। मनमा धार्मिक प्रवृति जागृत हुनेछ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको योग रहेको छ। आफूले मन पराएको मानिससँग रमाइलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउँने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ। अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ। माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्न पाउदा खुसी भएको महशुस गर्नेछन्।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा एक कदम अगाडि बढी उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने थाँती रहेका कामहरुलाई गति दिन सकिनेछ। माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)। निर्णय लिएर शंका गर्ने बानिले समस्या निम्त्याउने छ। अनावस्यक तथा दुर्गम स्थानको कष्टकर यात्रा हुनेछ। मध्यान्हबाट समय राम्रो रहेकोले चिताएको काममा सोचेजस्तै सफलता हात पार्न सकिनेछ। काम तथा अध्ययनमा दिन व्यास्त रहने तथा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रणय सम्बन्ध सुदृढ हुनेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ। समयले साथ दिने हुनाले सानो सानो लगानीबाट आम्दानी गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले फाईदाका लागी पछि लाग्दा धनमाल गुम्न सक्छ ध्यान दिनुहोला। सवारी साधन तथा विलाशी बस्तुको प्रयोग गर्दा ख्याल गर्नुपर्ने समय रहेको छ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्यापनमा मन जानेछ। आफूलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउँदा मन हर्षित हुनेछ। न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुने तथा शत्रु परास्त हुनेछन्। पारिवारिक माहोलकाबीच स्वादिष्ट भोजन गर्ने अवसर जुर्नेछ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पारिवारिक जमघटमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न सकिनेछ। माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिने छ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीति तथा जनताको काम गर्नेहरुका लागी समयले साथ दिने हुँदा पद प्राप्तीको योग रहेको छ। अग्रज तथा आफन्तको सुझाब लाभदायी बन्नेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)अध्ययनमा मन जाने तथा अध्ययन कै सवासला छोटो दुरिको यात्रा हुनेछ । दैनिक कामलाई समय सापेक्ष परिवर्तन गरि लाभ लिन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले प्रेममा मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्त हरुसँगको सम्बन्धमा प्रगाडता थपिने छ। खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट भनेजस्तो आम्दानी गर्न सकिने छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij