मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

रुपन्देहीमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, भदौ १२, २०७७



  • बुटवल । रुपन्देहीमा आज भएका छुटाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । एक जनाको तरकारीमा पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर मृत्यु भएको हो भने अर्का एकजनाको सवारी साधनको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार रुपन्देहीको सैनामैना नगरपालिका बार्ड नम्बर ९ बनरहना बस्ने ४० बर्षको भीमबहादुर नेपालीको तरकारी बारीमा पानी लगाउन प्रयोग गरिएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको छ ।

    करेन्ट लागेर गम्भीर घाईते भएका नेपालीको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल ब्ुटवलमा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरमा पूर्वबाट पश्चिमतर्फ आउदै  गरेको ना ६ ख ५७०२ नम्बरको ट्रकले  सैनामैना कलौनी बस्ने  १६ वर्षका विनोद विकलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij