सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पहिरो पीडितलाई राहत वितरण

  • प्रकाशित मिति : बुधबार, भदौ १७, २०७७



  • दमौली । गत असार २९ गते र त्यसपछि परेको वर्षाले घर भत्किएकालाई तनहुँको बन्दीपुर गाउँपालिकाले राहत वितरण गरेको छ । सबै वडाबाट घर भत्किनेको विवरण सङ्कलन गरेर गाउँपालिकाले राहत रकम वितरण गरेको हो।

    गाउँपालिकाले छ वटै वडाका पहिरोपीडितलाई रु छ लाख ६५ हजार राहत रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए। “वर्षापछि आएको पहिरोले क्षति भएका घर, टहरा, गोठ, खेतको वडागतरूपमा तथ्याङ्क सङ्कलन गरेर पहिलो चरणमा घर क्षति भएकालाई राहत रकम वितरण गरेका छौँ”, थापाले थापाले भने, “बाढीले बगर भएका खेतका धनीलाई पनि क्षतिपूर्तिस्वरूप राहत दिन्छौँ ।”

    पहिरोले बन्दीपुर–१ मा ३४ घर पूर्ण जोखिममा र १९ घर आंशिक जोखिममा छन् । उक्त वडाका ९१ कृषकले बाढीले खेत बगर भएको भन्दै वडा कार्यालयमा निवेदन दिएका छन् । त्यस्तै उक्त वडाका खानेपानीको मूल, मोटरमार्ग, चक्रपथलगायतमा पनि क्षति पुगेको छ । वडा नं २ मा ३७, ३ मा ३९, ४ मा ३५, ५ मा ३७ र ६ मा १९ जनाले घर, गोठ र खेत क्षति भएको भन्दै निवेदन दिएका छन्।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij