सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

अर्थमन्त्री खतिवडाद्वारा राजीनामा

  • प्रकाशित मिति : शनिबार, भदौ २०, २०७७



  • काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार अपराह्न राजीनामा दिएको बालुवाटार स्राेतले जनाएकाे छ।डा खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन्। सांसद नभएको व्यक्ति मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले उनलाई गएको फागुन २० मा दोस्रो पटक मन्त्री नियुक्त गरेका थिए। तत्कालीन सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड घुस मागेको अडियिो टेप बाहिरिएपछि उनले पदबाट राजीनामा दिएपछि खतिवडाले सञ्चार मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका थिए।सांसद नभएको व्यक्ति मन्त्री नियुक्त भएको ६ महिना भित्र सांसद नभए मन्त्री पद स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था भएका कारण डा. खतिवडाको पद शनिबार निष्क्रिय हुँदै थियो। यसरी पद समाप्ता हुनु अघि नै उनले प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन्।राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएका खतिवडाको कार्यकाल चिठ्ठा तानेपछि २ वर्षका तय भएको थियो। सो दुई वर्षको पदावधि गएको फागुन २० मा सकिएको थियो। तर, उनी दोस्रो पटक सांसद मनोनित हुन सकेनन्। तर दोस्रो पटक मन्त्रीको शपथ लिए।प्रधानमन्त्री ओली उनलाई फेरि राष्ट्रिय सभामा पठाउन इच्छुक भए पनि नेकपा सचिवलाय बैठकले शुक्रबार पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेपछि खतिवडाले राजीनामा दिनुपरेको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij