सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कोरोनाका कारण दुग्ध क्षेत्रमा २० अर्बको नोक्सानी, बिक्री भएको दुधको समेत भुक्तानी नपाएको गुनासो

  • प्रकाशित मिति : आइतवार, भदौ २१, २०७७



  • काठमाडौं, भदौ २१ । कोरोना महामारीका कारण डेरी तथा उद्योग क्षेत्रका ६० प्रतिशत बजार गुमेको सरोकारबालाहरु बताएका छन् ।

    कोरोना शुरु भएदेखि हालसम्म दुग्ध क्षेत्रमा मात्र २० अर्ब रुपियाँ घाटा लागेको बताइएको छ ।

    एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले आयोजना गरेको यस सम्बन्धी भर्चुअल छलफलमा सरोकारबालाहरुले घाटाले सबै क्षेत्र मारमा पर्दै गएको बताएका हुन् ।

    महामारीका कारण डेरी क्षेत्रमा मात्र नभै किसानलाई पनि निकै समस्या भएको धारणा राख्दै वाग्मती प्रदेशका भूमी, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले दुग्ध क्षेत्रका उद्योगीदेखि किसानसम्मको समस्या समाधान हुनुपर्ने कुरामा जोड दिनुभयो ।

    किसानले उत्पादन गरेको दुधले बजार नपाएको बताउँदै मन्त्री लामाले त्यसको बारेमा सरकार तथा नीजि क्षेत्र मिलेर छलफल गरी समाधानका लागि प्रदेश सरकार लागि परेको बताउनुभयो ।

    केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले कोरोना महामारीका कारण किसानको दुधमा ३० प्रतिशत ह्रास आएको बताउनुभयो ।

    देशभरि सहकारीमा ६ लाख लिटर दुध संकलन हुन्छ, त्यसमा अहिले ३० प्रतिशत कमी आएको बताउँदै उहाँले अहिले सबै समस्या किसानसँग ठोकिएको बताउनुभयो ।

    किसानले डेरी उद्योगीबाट चार महिनादेखि भुक्तानी नपाएको समेत गुनासो गर्नुभयो ।

    एकातिर किसानको दुध विक्रि नभइरहेको अवस्था र अर्कोतिर विक्रि भएका दुधको भुक्तानी समेत नपाइरहेको भन्दै उहाँले किसान साह्रै पीडामा परेका तर सरकारले यसमा कुनै ध्यान नदिएको दुखेसो व्यक्त गर्नुभयो ।

    डेरी उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा भएपनि उद्योगीहरुले किसानको दुध खरिद नगरेको उहाँले गनुासो गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij