सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

राप्तीसोनारीका पौडेल सर्वोत्कृष्ट कर्मचारी

  • प्रकाशित मिति : मङ्लबार, भदौ २३, २०७७



  • बाँके (अगैया) : राप्तीसोनारी गाउँपालिकाले योजना शाखा प्रमुख बालानन्द पौडेललाई सर्वोत्कृट कर्मचारीको रुपमा सम्मान गरेको छ ।  जामति कर्मचारी दिवसको अवसरमा गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री र प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले पौडेललाई नगद १० हजारसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

     

    उनको कार्यसम्पादन, अनुशासन र सेवाग्राहीलाई गर्ने ब्यवहारको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

     

    यसैगरी गाउँपालिकाले स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडाली, सब इन्जिनियर रामबहादुर बुढा, वडा नम्बर– ३ का वडासचिव बुद्धिराम भण्डारी, वडा नम्बर–४ का वडासचिव शैलजा चौधरी, स्वास्थ्य चौकी बिनौनाका स्वास्थ्यकर्मी जश्मी बुढाथोकी र कार्यालय सहयोगी मोतिराम चौधरी तथा गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी जंगु चौधरीलाई पनि उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको छ ।

     

    सम्मानि सबैलाई प्रतिब्यक्ति ५ हजार रुपैयाँका दरले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको बस्नेतले बताए ।

     

    उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले कर्मचारीलाई सम्मान गरिदाँ उत्कृष्ट काम गर्न हौसला मिल्ने बताए । कर्मचारीले राम्रो काम गरेर हरेक सम्मान ग्रहण गर्नुपर्ने उनको सुझाव छ ।

     

    ‘इमानदारिता र लगनशीलता कर्मचारीको बहुमूल्य गहना हो, त्यसैले निजामति कर्मचारीले आफूले पाएको जिम्मेवारीलाई जागिरका हिसाब मात्र लिनु हुँदैन, जागिरलाई जिम्मेवारीका हिसाबले लिन सक्नुपर्छ,’ अध्यक्ष थारुले भने ।

     

    प्रमुख प्रशासकीय अधिकृत बस्नेतले अनुशासन र कामले नै कर्मचारीको मुल्यांकन हुने भएकाले आफ्नो दायित्व र जिम्मेवारी निभाउनुपर्ने बताए ।

     

    उनले सरकारी नीति निर्देशनमा रहेर सेवाग्राहीलाई सेवा दिनु नै कर्मचारीको पहिलो काम, कर्तव्य भएको धारणा राखे । यस्तै योजना शाखा प्रमुख पौडेलले सर्वोत्कृष्ट सम्मान पाउँदा काम गर्ने जिम्मेवारी अझै बढेको महसुस भएको बताए । ‘कार्यालयले सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेपछि आफूमा थप जिम्मेवारी बढेको महसुस गरेको’ उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij