प्रकाशित मिति : मङ्लबार, भदौ २३, २०७७
बिनिता शर्मा,प्युठान । प्युठान जिल्लाको सरुमारानी गाउँपालिकाका समाजसेवि भिम बहादुर मरासिनी ( हंसपुरे) आफू कोभीड १९ को पोजिटिभ भै ज्वोरो र निमोनियाले ग्रसित भै कोहलपुर मेडिकल कलेजमा उपचार गराई रहेको समयमा पनि जन्ताहरुको समस्यालाई हेर्नै नसक्ने मनकारी भएकोले सरुमारानी गाउँ पालिका वडा नम्बर ५ राङ्गबाङ्गका घन बहादुर बि.क. भारतमा ट्रक चालकको काम गरि रहेकोमा आज भन्दा करिब एक बर्ष पहिले गाडी दुर्घटना भै खुट्टा भाच्चीएपछि उपचारमा धेरै पैसा खर्च हुने भएपछि गाडी साहुले नेपाल पठाई दियो ।नेपालमा उपचार गराइ सबै पैसा सिद्धियो ।


घरको मुख्य मानिस नै अपांग भै काम गर्न नसक्ने केटाकेटी साना बुढाबुवा आमा काम गर्न नसक्ने । घरमा बिहान बेलुका छाक टार्न समस्या रहेको दयनीय स्थिति रहेको र सोही ठाउँ कै बुद्धि बल गाहा मगर र बुद्धि बल सोमै मगर को पनि घरमा समस्या रहेको दुई छाक टार्न नसक्ने भोकै बस्नु पर्ने स्थिति रहेको जानकारी पाउँदा साथ स्थानीय समाजसेवि महिला नेत्री कल्पना सुनार र समाजसेवि शंकर दिप सुनारलाई कोहलपुर मेडिकल कलेज सैयाबाटै त्यहाँ पुगेर एक बोरि चामल खाने तेल १ लिटर आयोडिन नुन १ किलो साबुन सोयाबिन र पिठो ५/५ किलोको एक एक थैला समेत बितरण गर्ने ब्यवस्था मिलाइ सम्बन्धित पिडितहरु लाई घर घर मै समान पुर्याइ हस्तान्तरण गरियो । समाजिक सेवामा हाल मरासिनी सरुमारानीमा अग्र स्थानमा हुनुहुन्छ । मरासिनी जन्ताको मन जित्न एक सफल नेता समाज सेवि पनि हुनुहुन्छ ।


© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij