सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

ट्रेकिङ गाइडको शंकास्पद मृत्यु

  • प्रकाशित मिति : आइतवार, भदौ २८, २०७७



  • काठमाडौं । बौद्धको नयाँ पाटीस्थित एक घरमा ट्रेकिङ गाईडको शंकास्पद मृत्यु भएको छ । गएराती साढे १२ बजे खोटाङ घर भई आरुबारीमा डेरा गरेर बस्ने ४० वर्षीय पासाङ शेर्पाको मृत्यु भएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी नविन कार्किले रातोपाटीलाई बताए ।

    घट्नामा सोछपुछका लागि प्रहरीले एकजना महिलालाई नियन्त्रणमा लिएको छ । मध्यराती ट्याक्सीमा हालेर अस्पताल लैजान खोजेको अवस्थामा प्रहरीले नयाँपाटीबाट शेर्पाको शव बरामद गरेको थियो ।  शेर्पा साँझ ती महिलाको कोठामा गएका थिए । त्यहाँ उनले अत्यधिक मदिरा सेवन गरेको र बान्ता समेत गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनीहरु दुवैजना डिभोर्सी हुन् ।

    शव पोष्टमार्टामका लागि त्रिवि शिक्षण अस्पताल महारागञ्जमा पठाइएको छ । शेर्पालाई स्वास्थ्य समस्या भएपछि आफुले ट्याक्सीमा राखेर अस्पताल लान खोजेको महिलाले प्रहरीलाई बताएकी छिन् । तर, पासाङले महिलाको कोठामा नै ज्यान गुमाइसकेका थिए । शरीरमा चोटपटक नदेखिएको हुनाले पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने डिएसपी कार्कीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij