सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पहिरोले घर पुरिँदा एक बालिको मृत्यु

  • प्रकाशित मिति : सोमवार, भदौ २९, २०७७



  • पर्वत । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।

    गए रातिदेखि निरन्तर परेको वर्षापछि खसेको पहिरोले स्थानीय नवीन विकको घर पुरिँदा उहाँकी तीन वर्षीया छोरी निकिता विकको मृत्यु भएको हो ।

    परिवारका अन्य व्यक्तिहरु भने पहिरो खसिरहेको अवस्थामा भागेर बाँच्न सफल भएको फलेवास प्रहरी चौकीले जनाएको छ ।

    १२ जनाको संयुक्त परिवार बसेको घरमा पहिरोले क्षति पु¥याएको हो । पहिरोले गोठ भत्किँदा स्थानीयका गाई, भैंसी र गोरुसमेत पुरिएका छन् ।

    करिब एक सय रोपनी धानखेतमा पहिरोले क्षति पुगेको फलेवास नगरपालिका–४ का वडाअध्यक्ष टिकाराम गौडेलले जानकारी दिनुभयो ।

    पहिरोले मध्यपहाडी लोकमार्गको पर्वतखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij