प्रकाशित मिति : बुधबार, अशोज ७, २०७७
कैलाली । कैलालीमा करेन्ट लागेर बुधबार बिहान एक पुरुषको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-१० का २९ वर्षीय रघुवीर सिंह धामीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
खेतमा रहेको विद्युतको पोलमा हुक गरेर छोडिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए।
जंगली जनावर मार्नका लागि थापिएको विद्युतीय धरापमा परेर उनको मृत्यु भएको हुन सक्ने बिष्टले बताए । घटनाको अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिएको उनले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij