प्रकाशित मिति : शुक्रबार, अशोज ९, २०७७
बिनिता शर्मा,दाङ। सडक दुर्घटनामा दाङमा ६ जना घाइते भएका छन्। लमहीबाट घोराहीतर्फ आईरहेको बा ११ च ९५१३ नम्बरको स्करपीओ गाडी घोराही लमही सडकखण्डमा पर्ने कुलमोहर भन्ने स्थानमा सडकबाट चिप्लिएर ३० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ।
दुर्घटनामा घाइते हुनेहरु सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका ३ निवासी २५ बर्षीय सन्तोष बुढाथोकी,छत्रेश्वरी २ निवासी १५ बर्षीया निर्मला के सी,छत्रेश्वरी २ निवासी २२ बर्षीय खगेन्द्र के सी त्यसैगरी सल्यान जिल्ला बाघचौर नगरपालिका ३ निवासी २२ बर्षीय तुलाराम परियार,बाघचौर २ निवासी २७ बर्षीय बिरेन्द्र के सी र तुल्सीपुर उपमहानगरपालिका ५ निवासी २९ बर्षीय प्रकाश ओली रहेका छन् ।
यी घाइते मध्ये ५ जनाको प्राथमिक स्वास्थ केन्द्र लमहीमा उपचार भैरहेको छ भने तुलाराम परियारलाई नेपालगंज पठाईएको प्रहरीले जनाएको उनको ढाडमा चोट लागेको बताईएको छ,अरु ५ जनाको अबस्था रहेपनि २४ घण्टा बस्नुपर्ने स्वास्थकेन्द्रले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij