सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बहुप्राविधिक शिक्षालयका लागि डिपिआर तयार

  • प्रकाशित मिति : शुक्रबार, अशोज ९, २०७७



  • रुकुमपूर्व । भूमे गाउँपालिका –१ लुकुमस्थित सिद्धचौर माध्यमिक विद्यालयमा बन्न लागेको बहुप्राविधिक शिक्षालयको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । जिल्लामा बन्न लागेको प्रदेशकै प्रतिष्ठित बहुप्राविधिक शिक्षालयको डिपिआर तयार भएको हो । प्राविधिक शिक्षालयको डिपिआरसँगै माटो जाँचको काम पनि सम्पन्न भएको छ ।

    प्रदेश सरकारले डिपिआरका लागि रु दश लाख बजेट छुट्याएको थियो । डिपिआरको काम सम्पन्न भएसँगै बोलपत्र आह्वान गरेर शिक्षालय निर्माणको काम तीव्र रुपमा अगाडि बढाइने प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताए । काम शुरु गर्नका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु एक करोड बजेट छुट्याएको छ ।

    शिक्षालयमा विद्यार्थीले छात्रावाससहितको सेवासुविधा पाउनेछन् । रुकुम(पूर्व), रुकुम(पश्चिम), रोल्पा र बागलुङलगायत आसपासका क्षेत्रलाई ध्यानमा राखेर लुकुममा उक्त शिक्षालय स्थापना गर्न लागिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij