सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सरकारविरुद्ध यौनकर्मीले हालिदिए मुद्दा

  • प्रकाशित मिति : आइतवार, अशोज ११, २०७७



  • काठमाडौं। सरकारले कोरोनाभाइरसबाट प्रभावित साना व्यवसायलाई नगद सहयोग गर्ने योजनामा यौन उद्योगलाई बाहेक गरेको भन्दै जापानका यौन व्यवसायीले सरकारविरुद्ध मुद्दा हालेका छन् । ग्रहककहाँ यौनकर्मी पठाउने व्यवसाय संचालन गर्ने एक महिलाले बुधबार सरकारको निर्णय संविधानले प्रतिबन्ध गरेको भेदभाव भएको आरोप लगाएकी छिन् । जापान टाइम्सका अनुसार टोक्यो जिल्ला अदालतमा दर्ता गरिएको मुद्दामा ती महिलाले सरकारले दिने सहयोग रकमका साथसाथै उचित आधार बिना भेदभाव गरिएकोमा क्षतिपूर्ति समेत माग गरेकी छिन् ।

    उनले अदालतमा दर्ता गरेको मुद्दामा सरकारले दिने सहयोग रकम वितरण गर्ने जिम्मेवारी पाएका २ कम्पनीहरुलाई पनि विपक्षी बनाएकी छिन् । जापान सरकारले साना व्यवसायलाई आर्थिक सहयोग गर्नको लागि ल्याएको यो प्याकेजमा २ मिलियन जापानी येनसम्म आर्थिक सहयोग दिन सकिने व्यवस्था छ । साथमा यो योजनाले साना व्यवसायलाई भाडा तिरिदिने पनि व्यवस्था गरेको छ । यद्यपि यो कार्यक्रममा यौन उद्योगका व्यवसायहरु यौनकर्मी आपूर्ति गर्ने, ‘लभ होटल’ संचालकहरु र यौनजन्य गतिविधिका लागि स्थान उपलब्ध गराउनेहरु समेटिएका छैनन् ।

    ती महिलाका कानुन व्यवसायीका अनुसार उनले स्थानीय अधिकारीको अनुरोधमा मध्य अप्रिलदेखि मे महिनाको अन्त्यसम्ममा आफ्नो व्यवसाय पूर्ण रुपमा बन्द गरेकी थिइन् । भाइरस प्रसार नियन्त्रण गर्नको लागि उनको व्यवसाय बन्द गरिएपछि उनको व्यवसायमा अप्रिल महिनामा ८० प्रतिशत र मे महिनाका ७० प्रतिशतले गिरावट आएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij