प्रकाशित मिति : बिहिबार, अशोज १५, २०७७
निलम ओली,देवदह रुपन्देही । रुपन्देही जिल्लाका देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहादुर खत्रीले आफ्नो जन्मदिनको अबसरमा विभिन्न गतिविधिमा संलग्न हुनुभएको छ। उहाँले आफ्नो ४५ औँ जन्मदिनको पावन अबसरमा मानबसेवा आश्रम पुगेर त्यहाँ रहनु हुने संपुर्ण बटुकहरुलाई मिठाइ र भोजनको ब्यबस्थापन गर्नुभएको छ र गौशालामा पुगेर गाईहरुलाई पिरो खुवाउनु भएको छ विभिन्न स्थानमा गरिब विद्यार्थीहरुलाई पढ्न आबस्यक पर्ने पाठय सामग्री बितरण गर्नुभएको छ।
उहाँले दिनभरी नै आफ्ना मान्यजन र निमुखा बिपन्न बालबालिकाहरुको बीचमा पुगेर आफूले ब्यक्तिगत रूपमा गर्न सक्ने खानपिन पाठ्यसामग्री बितरन गरेको उहाँको सचिबालयले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij