सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

भरतपुरका पुर्ब मेयर पियाको उपचारको क्रममा मृत्यु

  • प्रकाशित मिति : बुधबार, अशोज २१, २०७७



  • बिनिता शर्मा,चितवन । तत्कालीन भरतपुर नगर पञ्चायतका प्रधानपञ्च एवं भरतपुर नगरपालिकाका पूर्वमेयर हिमबहादुर पियाको मंगलबार राति ८१ वर्षको उमेरमा निधन भएको छ । १९९६ सालमा तनहूँको बन्दीपुरमा पिता हरिप्रसाद पिया र माता जौकुमारी पियाको सन्तानका रुपमा जन्मिएका पिया २००९ सालमा बसाइँ सरेर चितवन आएका थिए । भरतपुर नगरपालिका २, क्षेत्रपुर निवासी पियाको चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत अवस्थामा निधन भएको हो । दिवंगत पियाका तीन छोरी र तीन छोरा छन् ।

    भरतपुरका पूर्वमेयर पियाको निधनप्रति दुःख व्यक्त गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले बुधबार शोक वक्तव्य जारी गरेकी छन् । ‘भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुर निवासी तत्कालीन भरतपुर नगरपालिकाका मेयर हिमबहादुर पियाको ८१ वर्षको उमेरमा भएको दुःखद निधनले हामीलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ’ शोक वक्तव्यमा भनिएको छ, ‘दुःखको यस घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।’
    शोक वक्तव्यमा भनिएको छ, ‘समाजसेवी एवं विकासप्रेमी हिमबहादुर पिया कुशल नेता तथा इमान्दार जनप्रतिनिधि हुनुहुन्थ्यो । उहाँ २०४३ सालमा भरतपुर नगर पञ्चायतको प्रधानपञ्च र बहुदलीय प्रजातन्त्रको पुनःस्थापना पश्चात् २०५४ सालमा भरतपुर नगरपालिकाको मेयर पदमा विजयी हुनुभएको थियो । भरतपुर लगायत समग्र चितवनको विकासमा अग्रणी भूमिका निर्वाह गर्नुभएका पिया नेपाल रेडक्रस सोसाइटी, बालकुमारी माध्यमिक विद्यालय लगायतका अन्य सामाजिक संघ–संस्थाहरुमा आवद्ध रही समाजसेवामा सधैं अग्रसर हुनुहुन्थ्यो । भरतपुर महानगरको विकासमा पु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै उहाँलाई भरतपुर महानगरपालिकाले सधैं स्मरण गरिरहनेछ ।’

    भरतपुर महानगरपालिकाले पूर्वमेयर हिमबहादुर पियालाई दुई वर्षअघि सम्मान गरेको थियो । एक कार्यक्रमबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पियालाई दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मानित गरेका थिए । उक्त कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालको समेत उपस्थिति रहेको थियो ।
    यसैबीच, भरतपुर महानगरपालिकाले पूर्वमेयर पियाको सम्मानमा बुधबार भरतपुर महानगरपालिका र मातहतका कार्यालय बन्द गरेको छ । भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बुधबार सार्वजनिक बिदा सम्बन्धी सूचना जारी गर्दै बुधबार एक दिन भरतपुर महानगरपालिका र मातहतका कार्यालय बन्द रहने जानकारी दिएका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij