प्रकाशित मिति : शुक्रबार, अशोज २३, २०७७
बिनिता शर्मा, काठमाडौ। सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिका राष्ट्रिय महासघका अध्यक्ष समेत रहनुभएका उहाँलाई बिहीबार सङ्क्रमण पुष्टि भएको हो ।अहिले उहाँ होम आइसोलेसन मै बसिरहनु भएको छ ।
उहाँको स्वास्थ्य अवस्था सामान्य छ । यस बीचमा उहाँको सम्पर्कमा आउनु भएकाहरुले सावधानी अपनाउनु सबैलाई उहाँले आग्रह गर्नुभएको छ । ” यसैगरी जिल्ला प्रशासन कार्यालयको सेवा अगामी सोमबारसम्मका लागि बन्द गरिएको छ ।
कार्यालयका कर्मचारीको परिवारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबारसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रशासकीय अधिकृत सुनिता पहरीले जानकारी दिनुभएको छ । जिल्लामा हालसम्म २ सय जनामा कोरोना सङ्क्रण पुष्टि भएको छ । ती मध्ये १ सय २१ जना निको भएर फर्किएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij