सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बलिउडका ७ ठूला निर्माताहरुलाई अदालतमा उपस्थित हुन आदेश

  • प्रकाशित मिति : मङ्लबार, अशोज २७, २०७७



  • मुम्बइ। अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको विषयमा सीबीआइको अनुसन्धान अझै जारी छ । यही बीचमा उता बिहारको मुजफ्फरपुर अदालतले बलिउडका ७ ठूला निर्माताहरुलाई अदालत उपस्थित हुन आदेश दिएको छ । अधिवक्ता सुधीर ओझाले सुशान्त सिंह राजपुतको मृत्युपछि मुजफ्फरपुर सिजेएम अदालतमा १७ जुनमा मुद्दा दायर गरेका थिए जसमा करण जौहर, आदित्य चोपडा, साजिल नाडियावाल, संजय लीला भंसाली, भूषण कुमार, एकता कपूर र दिनेशलाई प्रतिवादी बनाइएको थियो ।

    सुधीर ओझाले सुशान्तको मृत्युमा यी सबै जिम्मेवार भएको आरोप लगाएका थिए । यही मुद्दाको सुनुवाइका क्रममा जिल्ला एवं सत्र न्यायाधीश (अपर) राकेश मालवीयले आज यी सबैविरुद्ध नोटिस जारी गर्दै २१ अक्टोबरमा अदालतमा उपस्थित हुन आदेश दिएका हुन् । यसअघि ७ अक्टोबरमा मुजफ्फरपुनमा एडिजे प्रथमको अदालतमा सुनुवाइ भएको थियो । यस क्रममा सलमान खानका वकिल साकेत तिवारी उपस्थित भएका थिए । त्यतिबेला अधिवक्ता सुधीर ओझाले अन्य आरोपीविरुद्ध नोटिस पठाउन माग गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij