सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

इटालीको झल्कोः कोरोनाले एकै परिवारका ३ जनाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, अशोज २८, २०७७



  • काठमाडौं । झण्डै एक शताब्दी उमेर बाँचिसकेका बाबु बिरामी परेपछि अस्पताल भर्ना भए । ४ छोरा र १ छोरीका पिता त्यसमा पनि नेकपा जिल्लास्तरमा राम्रो पकड छँदै थियो । बाबुलाई भेट्न छोराहरू लगायत आफन्त, शुभचिन्तक बरोबर अस्पताल आइरहे ।

    यता बाबुको उपचार हुँदै गर्दा चारै जना छोराहरू तथा परिवारका अन्य सदस्यलाई क्रमश कोभिड १९ देखियो । यत्तिकैमा कोरोना संक्रमणकै कारण एक साताको अन्तरमा बाबु र २ छोराहरूसहित ३ जनाको प्राणपखेरू उड्यो ।

    यो दर्दनाक घटना हो, तनहुँ भिमादको । एकताका इटालीमा हुने गरेको यसप्रकारको मृत्यु घटनाको झल्को दिने गरी ३ जना सदस्यको मृत्यु भएपछि सिंगो भिमाद शोकमा डुबेको छ । साथसाथै अझै थप संशय छँदैछ । किनकि जेठा छोरा र माहिली बुहारी काठमाडौंमा भेन्टिलेटरमै उपचार गराइरहेका छन् ।

    तनहुँको साबुङ हाल घिरिङ गाउँपालिकाका धर्मकुमार श्रेष्ठको परिवार पहिले नै पहाडबाट तराई झर्यो । खेती किसान मुल पेसा थियो । परिवारमा श्रीमती, ४ छोरा र १ छोरी थिए । नाती नातिना जन्मे । समयक्रममा जेठा छोरा रामकुमार काठमाडौं बस्न थाले । प्रगतिशील साहित्यकार उनी साहित्यमा राम विनय नामले चिनिन्छन् । लामो समय कृषि विकास बैंकमा काम गरेपछि रिटायर्ड भएका थिए ।

    माहिला कृष्णकुमार र साहिला विष्णुकुमार व्यापार व्यवसायको सिलसिलामा आफ्नै गाउँठाउँ फर्के । तनहुँको हाल भीमाद नगरपालिका वडा ६ मा दुई भाइले कपडा व्यापार गरे । कृष्णकुमार नेकपा प्रदेश कमिटिका पूर्व सल्लाहकार भएर काम पनि गरे । उनी पूर्व जिविस सदस्य पनि थिए । साहिला विष्णुकुमार नेकपाका जिल्ला सदस्य मात्र रहे । कान्छा अमृतकुमार भने चितवनमै बाबुआमासँग बसे । एक मात्र छोरीको विवाह भएर पोखराका जीवनयापन हुँदै आएको थियो ।

    जीवन हाँसीखुसी नै थियो । तर असोज तेस्रो साता श्रेष्ठ परिवारमा महामारीको रूपमा विश्वभर फैलिएको कोरोना छिर्यो । परिवार छिन्नभिन्न बनायो । निमेषमै खुसी खोसेर लग्यो । किनकि एक साता अन्तरमा असोज १८ साँहिला विष्णुकुमारको, असोज २४ मा माहिला कृष्णकुमारको र असोज २५ मा बाबु धर्मकुमारको निधन भयो ।

    भिमाद निवासी दधिराज सुवेदीका अनुसार चितवनमा कान्छा छोरासँग बस्दै आएका बाबु धर्मकुमार २ साता अघि बिरामी परेका थिए । बुढ्यौली उमेरमा विभिन्न समस्या बेलाबखत आउँथ्यो । चितवनस्थित चितवन मेडिकल कलेज (सिएमसी) मा भर्ना गरिएका उनलाई बढी च्यापेपछि काठमाडौं मेडिसिटी रेफर गरियो । उपचार क्रममा त्यहाँ कोरोना पुष्टि भएका उनको असोज २५ मा निधन भयो ।

    त्यसअघि नै विष्णुकुमारको असोज १८ मा चितवनकै सिएमसीमा निधन भएको थियो । उनलाई सुरूवातमा घाँटी समाउने र श्वासप्रश्वासमा समस्या देखिएपछि एम्बुलेन्समा राखेर अस्पताल लैजाँदा लैजाँदै बाटैमा ज्यान गएको अनुमान छ । किनकि सिएमसीका चिकित्सकले उपचार गर्न नपाई एकै पटक मृत घोषणा गरेको जानकारी परिवार सदस्यलाई दिएका थिए। उनमा मधुमेह समेत थियो ।

    सो घटनाको भोलिपल्ट माहिला कृष्णकुमारलाई कोरोनाकै लक्षण देखियो । उनलाई तुरून्तै काठमाडौं बिएनबी पुर्याइयो । परीक्षणमा कोरोना पुष्टि भएको उनको भाइ बितेको ५ दिनपछि अर्थात असोज २४ मा उपचारकै क्रममा मृत्यु भयो । उनी त्यसको केही दिन अघिमात्र प्नोष्टेटको अप्रेसन भई घरमै आराम गरिरहेका थिए ।

    त्यस्तै श्रेष्ठ परिवारमा अर्को मृत्यु भोलिपल्टै थपिएको हो । घरका मिँयो धर्मकुमारको मेडिसिटीमा उपचार सिलसिलामा निधन भएको हो । २०१०र११ सालतिरै अखिल नेपाल किसान संघमा आबद्द रहेका उनी नेकपामा जिल्लास्तरमा पुराना नेताका रूपमा चिनिन्छन् । उनले २०१५ सालको संसदीय निर्वाचनमा कम्युनिष्टका उम्मेद्वार तुलसी प्रसाद श्रेष्ठलाई जिताउन सबैभन्दा अग्रमोर्चा रही चुनाव प्रचारमा खटिएका थिए । कहिलेकाहीँ भिमादमा पनि छोराहरूसँग बस्ने उनले गत वर्षमात्रै श्रीमती गुमाएका थिए ।

    यता, परिवारका जेठा छोरा रामकुमारको हाल ह्याम्स अस्पताल काठमाडौमा उपचार भैरहेको छ । यस्तै, माहिली बुहारी (कृष्णकाी श्रीमती) विश्वशान्ति पनि कोेरोना संक्रमित छिन् । उनलाई कोरोनाले च्यापेपछि काठमाडौंको शुक्रराज ट्रपिकल अस्पतालमा भेन्टीलेटरमा राखेर उपचार भैरहेको भिमाद वडा ६ का वडाध्क्ष श्यामसुन्दर जोशीले जानकारी दिए।

    यतिमात्र कहाँ हो र साहिली बुहारीको सोमबार मात्र पिसिआर टेष्टमा पोजेटिभ देखिएको जनाइएको छ । उनी हाल परिवारका सदस्य गुमाउँदा शोकको घडीबीच भिमाद घरमै आइसोलेसनमा बसेकी छन् । उनको गाडीका चालकलाई पनि कोेरोना देखिएको छ । परिवारमा सबैभन्दा पहिले कोरोना देखिएका कान्छा अमृतकुमार भने असोज १७ मा निको भएका छन् ।

    भिमाद ६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले मृत्युको घटनाले सिंगो भिमाद शोकमा डुबेको बताए । उनका अनुसार हिजोमात्रै भिमादका ६ जनामा कोरोना देखिएको छ । बजार पसल कम खुलेका छन्। आजको राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij