सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कोरोनाका कारण सुनसरी र ललितपुरमा थप पाँच जनाको मृत्यु, भर्ना नलिदाँ अस्पताल बाहिर निधन

  • प्रकाशित मिति : बिहिबार, अशोज २९, २०७७



  • काठमाडौं/सुनसरी । कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ । सुनसरीको धरानमा चार जना र ललितपुरमा एक जना गरी पाँच जनाको मृत्यु भएको हो ।

    धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।

    इटहरी उपमहानगरकी ७५ वर्षिया महिला र धरान उपमहानगरपालिका–९ का ४४ वर्षिया महिला तथा तेह्रथुमका ३१ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको वीपी प्रतिष्ठान धरानका सहायक प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

    त्यस्तै धरान–९ कै ५८ वर्षिय पुरुषलाई प्रतिष्ठानले भर्ना लिन अस्वीकार गरेपछि प्रतिष्ठानको कोभिड अस्पताल बाहिर मृत्यु भएको हो ।

    पटक पटक संक्रमित पुरुषलाई भर्ना गर्न अनुरोध गर्दासमेत प्रतिष्ठानका चिकित्सकहरुले ती पुरुषलाई भर्ना नगरेको धरान– ९ का वडाअध्यक्ष रत्न कट्वालले बताउनुभयो ।

    यता ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।

    ललितपुर इमाडोलका ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको किस्ट अस्पतालले जनाएको छ । उनलाई यही असोज २० गते भर्ना गरिएको थियो ।

    उपचारको क्रममा २१ गते पोजेटिभ रिपोर्ट आएको थियो । उनको छातीमा पानी जमेको समस्या थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij