सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पोस्टमार्टम गर्दा पेटभित्रबाट निस्कियो सुसाइड नोट

  • प्रकाशित मिति : शुक्रबार, अशोज ३०, २०७७



  • काठमाडौं। आत्महत्या गर्ने क्रममा सुसाइड नोट लेखेर त्यो नोट निलेर आत्महत्या गरेको निकै विचित्रको घटना भएको छ । मृतकको पोस्टमार्टम गर्ने क्रममा उनको पेटभित्रबाट सुसाइड नोट निस्किएपछि डाक्टरहरु नै चकित परेका छन् ।

    डेक्कन हेराल्डको रिपोर्टअनुसार भारतको महाराष्ट्रको नासिक केन्द्रीय कारागारमा रहेका एक कैदीले झुण्डिएर आत्महत्या गरेका थिए । डाक्टरहरुले उनको पोस्टमार्टम गर्ने क्रममा उनको पेटमा सुसाइड नोट फेला पारेका छन् जसमा जेल कर्मचारीमाथि उत्पीडनको आरोप लगाइएको छ ।

    हत्याको आरोपमा आजीवन कारावासको सजाय काटिरहेका असगर अली मंसुरीले सुसाइड नोट प्लास्टिकमा बेरेर निलेका थिए । आत्महत्याका विषयमा नासिक रोड पुलिस स्टेशनका एक अधिकारीले भने ‘मंसुरीलाई एक हत्याको केसमा सजाय सुनाइएको थियो । ७ अक्टोबरका दिन मंसुरीलाई आफ्नो सेलमा झुण्डिएको भेटिएको थियो ।’ अधिकारीले मंसुरीले लगाएको आरोपबारे जाँच भइरहेको बताएका छन् ।

    अधिकारीका अनुसार मंसुरी लेखपढ गर्न सक्दैनथे त्यसैले लेख्नको लागि कसैले उनलाई सहयोग गरेको हुनुपर्छ । जेल अधिकारीहरुले सुसाइड नोटमा लगाइएका आरोप अस्वीकार गरेका छन् । मंसुरीको मृत्युपछि जेलका अन्य कैदीहरुले उच्च अधिकारीलाई एक पत्र लेखेका छन् । उनीहरुले पत्रमा सुसाइड नोटमा नाम उल्लेख भएका कर्मचारीहरुविरुद्ध आत्महत्याको लागि उक्साएको आरोपमा कारवाहीको माग गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij