सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

शरणार्थी बालबालिकालाई सहयोग

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ११, २०७७



  • दमक । बडादशैंँका अवसरमा पूर्वको झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर तथा त्यस आसपासका अभिभावकविहीन ३८ बालबालिकालाई आज लत्ताकपडासहित नगद सहयोग प्रदान गरिएको छ । दमक नगरपालिका –३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका अशक्त, असहाय एवं अभिभावकविहीन बालबालिकालाई नयाँ लुगाफाटा, जुत्ता र रु १० हजारका दरले सहयोग वितरण गरिएको हो ।

    बेलडाँगी शिविरस्थित फ्रेन्डस क्लब बिआरसीका पहलमा नक्षत्र फाउण्डेशन तथा अमेरिकामै रहेका आइभोरी होम हेल्थ सर्भिस, इन्क होमल्याण्ड, होम केयर सर्भिस र एलएलसी फस्र्ट इम्पेरियल इन्सुरेन्स एजेन्सीसहित पुनर्वास भएका भुटानी शरणार्थीले स्वेच्छिक रुपमा सहयोग संकलन गरेको फ्रेन्डस क्लबका अध्यक्ष युवराज साम्पाङ राईले जानकारी दिए ।

    बेलडाँगी शिविरका २१, पथरी शिविरका ११ र शिविर आसपासका ६ अभिभावकबिहीन बालबालिकालाई उक्त सहयोग हस्तान्तरण गरिएको छ । यसैबीच भुटानी शरणार्थीलाई दातृ निकायले सबैखाले सहयोग कटौती गरिसकेपछि लामो बन्दाबन्दी र कोरोना कहरका कारण शिविरमा खाद्यन्न संकट देखिन थालेको बेलडाँगी शिविरका सचिव कृष्णप्रसाद लिङ्देनले बताए ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij