प्रकाशित मिति : बुधबार, कार्तिक १२, २०७७
सागर ओली,काठमाडौ । लमजुङ जिल्लाको मर्स्यांङदी गाउँपालिका वडा नम्बर ३ मा पर्ने हर्सिङ डाँडा एक पर्यटकिय स्थल बन्न सक्ने प्रवल सम्भावनाको रहेको छ ।
लमजुङको सदरमुकाम बेसिसहर देखि खुदि हुँदै करिबकरिब १८ किलोमिटरको दुरिमा रहेकोे झण्डै २३०० मिटर उँचाईमा रहेको यी डाँडा रमणीय हिमशृङ्खलाहरुको दृष्य अवलोकन गर्न, पिक्निक स्पोर्टको रुपमा र प्याराग्लाईडिङ समेतको सम्भावना देखिन्छ ।
सरदार भक्ती थापाको बाल्यावस्थामा गाई चराउने गरेको किम्बदन्ति समेत रहेको यो रमणिय डाँडामा अहिले सडक पुगेपछि आन्तरिक पर्यटकहरु बढ्न थालेको मर्स्याङ्दी गाउँ पालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउँनुभयो।




© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij