सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

उदयपुरमा करेन्ट लागेर महिलाको मृत्यु

  • प्रकाशित मिति : शनिबार, कार्तिक १५, २०७७



  • गाइघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरमा धानमा पानी लगाउनको लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी करेन्ट लागेर मृत्यु हुने महिला त्रियुगा नगरपालिका–२ खैजनपुरकी ३८ वर्षीया रीता बुढाथोकी रहेकी छिन्।

    शुक्रबार बेलुकी ४ः०० बजेतिर धानखेतमा पानी लगाउन मोटर चलाउँदा तत्कालै बुढाथोकीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भई भुइँमा ढेलकी बुढाथोकीलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए।

    बुढाथोकीको करेन्टले शरीरका भित्री र बाहिर अङ्ग जलेर कालो भएको थियो । मृतक बुढाथोकीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले बताएको छ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij