सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

प्रधानाध्यापक मृत अवस्थामा फेला,हत्याको आशंका, राजमार्ग अवरुद्ध

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक १८, २०७७



  • बैतडी, कात्तिक १८ । बैतडीको डिलाशैनी गाउँपालिका–२ स्थित डाँडाबाग आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द घरडी मंगलबार मृत अवस्थामा फेला पर्नुभएको छ ।

    ४५ वर्षीय उहाँको शव दार्चुलाको शैल्यशिखर नगरपालिका–९, शिवपुरी धामनजिक फेला परेको हो ।

    मृतकको शरीरमा नीलडाम तथा घाउ रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिंह साउदले जानकारी दिनुभयो ।

    मृतकको साथमा नगद ८५ हजार रुपैयाँसमेत भेटिएको छ ।

    ‘प्रधानाध्यापक घरडी सोमबार तलब बुझ्न भनी गोकुलेश्वर आएका बुझिएको छ । प्रहरीले अनुसन्धान गर्दैछ’–प्रहरी निरीक्षक साउदले भन्नुभयो ।

    घरडीसँगै अरु चारजना शिक्षक पनि तलब बुझ्न आएका भएपनि उनीहरु सोमबार नै घर फर्किएका बताइएको छ ।

    घरडी घर नफर्केपछि खोजी गर्दा मंगलबार बिहान ७ बजे शव फेलापरेको हो ।

    मृतकको शरीरमा नीलडाम र घाउ रहेकोले हत्या गरेर फालेको हुनसक्ने आफन्तको आशंका छ ।

    राजमार्ग अवरुद्ध
    मंगलबार मृतकका आफन्तले महाकाली राजमार्ग अवरुद्ध गरेका छन् ।

    घटनाको सत्यतथ्य छानबिनको माग गर्दै उनीहरुले गोकुलेश्वरमा टायर बालेर राजमार्ग अवरुद्ध पारेका हुन् ।

    उनीहरुले सत्यतथ्य छानबिन र दोषीलाई पक्राउ नगर्दासम्म शव नबुझ्ने अडान लिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij