सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बागलुङका पाँच पालिकामा अस्पताल निर्माणका लागि चार करोड १० लाख निकासा

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक १८, २०७७



  • बागलुङ, कात्तिक १८ । अर्थ मन्त्रालयले बागलुङका पाँच पालिकामा अस्पताल निर्माण गर्नका लागि चार करोड १० लाख रुपैयाँ बजेट निकासा गरेको छ ।

    स्थानीय तहमा भएको स्वास्थ्य संस्था स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरिएको हो ।

    जिल्लाका बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा रहेका पाँच स्वास्थ्य संस्था स्तरोन्नति गरी अस्पताल निर्माण गर्नका लागि उक्त रकम विनियोजन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले जनाएको छ ।

    बागलुङका पाँच स्थानीय तहमा पाँचदेखि १५ शय्याको अस्पताल बनाउन अर्थ मन्त्रालयले बजेट स्वीकृत गरी निकासा गरी पठाइसकेको महाशाखाका तथ्यांक अधिकृत सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।

    बजेट कार्यान्वयनका लागि सबै स्थानीय तहमा अस्पतालको मापदन्डसमेत पठाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij