सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सुनवल नगरपालिकामा खरको छानामुक्त अभियान

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २१, २०७७



  • नवलपरासी । सरकारले देशभर खरको छानामुक्त अभियान प्रारम्भ गरेसँगै पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले खरले छाएका घरहरुलाई जस्ता उपलब्ध गराउन थालेको छ ।

    खरको छाना मुक्त अभियानअन्तरर्गत नगर क्षेत्रमा रहेका सबै खरका छाना भएका घरमा नगरपालिकाले पिलर गाडेर जस्तापाताले छाइदिन थालेको हो ।

    आर्थिक बर्ष २०७५÷७६ बाट नगरपालिका आफैंले प्रतिघर ७५ हजार लगानी गरेर यो अभियान सुरु गरेको नगरपालिका प्रमुख भीम बहादुर थापाले जानकारी दिनुभयो ।

    नगर क्षेत्रमा कुल ३ सय ८४ जना गरीब तथा अति बिपन्नले खरको छाना हटाएर टिन छाउन निवेदन दिएका छन् ।

    जसअन्तरर्गत हालसम्म १ सय ६५ वटा घरमा टिन लगाइएको छ ।

    खर हटाएर टिनको छाना लगाइ दिएपछि स्थानीय समुदाय खुसी भएका छन् ।

    सबै घर बनाउन अहिलेसम्म १ करोड १० लाख खर्च भएको नगरपालिकाले जनाएको छ ।

    यसवर्ष बाँकी रहेका २ सय १९ वटा घर निर्माण भई नगरलाई खरको छाना मुक्त बनाईने नगर प्रमुख थापाले जानकारी गराउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij