सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आइसीयूमा रहेका मनोजलाई मिनाको मनछुने पत्र

  • प्रकाशित मिति : शनिबार, कार्तिक २२, २०७७



  • हाँस्य कलाकार मनोज गजुरेल र मिना ढकालको केही समय अगाडि डिभोर्स भयो । मनोज र मिनाको बैबाहिक जीवन टुट्दा धेरै अचम्मित पनि भए । तर, दुबैले अलग हुने बाटो रोजे र आफ्नै दुनियाँलाई अगाडि बढाइरहेका थिए । डिभोर्सको समयमा मिना र मनोजले मिडियासँग कुरा गर्दै कहिले घरयासी कुरा गरे त कहिले व्यक्तिगत कुरा पनि गरे ।

    मनोज गजुरेल कोरोना भाइरसबाट संक्रमित भएपछि घरमै उपचार गराइरहेका थिए । उनको स्वास्थ्यमा अचानक समस्या आएपछि शुक्रबार उनलाई अस्पताल लगियो ।

    अस्पतालमा उनको आइसीयूमा उपचार गराइरहँदा मिनाले लेखेको भावूक पत्रले भने सबैको मन छोएको छ ।

    पूर्व श्रीमान्लाई स्वास्थ्य लाभको कामना गर्दै मिना लेख्छिन्–‘जिन्दगीले जुनसुकै मोडल अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नो जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसँग एकाकार भएकी थिएँ । हामी एक भएका थियौं र म परम्परा अनुसार तिम्रो सिन्दुरको ऋणी भएकी थिएँ । तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमीसँग जीवनका बिसौं बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु । केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै भएरपनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ । भलै समयले तिम्रो र मेरो विचमा दुरी ल्यायो होला, फेरिपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु । आज तिमी आइसियूमा उपचाररत छौं भन्ने समाचारले मलाई विक्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महशुश भइरहेको छ ।’

    मिनाले मनोजको सुस्वास्थ्यको कामना गर्दै आफ्नो पुकार भगवानले सुन्ने उल्लेख गरेकी छिन् ।

    उनले, मनोजलाई भनेकी छिन्–‘तिमी छिट्टै हार मान्ने मान्छे होइनौं । मैले विसौ तीजका निराहार ब्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायूको कामना गर्न छाडेकी छैन । छोराछोरी तिम्रो प्रतिक्षामा छन् । तिमी र म विच जस्तासुकै व्यवहारिक बेमेल भएपनि तिम्रो जीवन मेरालागि महत्वपूर्ण छ, हार नमानिदेउ । छिट्टै निको भएर घर पुगेको देख्न पाउँ ।’
    यस्तै, कलाकार मनोज गजुरेलले सामाजिक संजालमा स्टाटस लेख्दै आफू आराम रहेको र दैनिक रुपमा राम्रो हुँदै गएको उल्लेख गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij