प्रकाशित मिति : आइतवार, कार्तिक २३, २०७७
ईन्द्रराज पौडेल नगर प्रमुख जैमीनी नगरपालिका बागलुङ
बागलुङ जिल्लाको जैमिनी नगर पालिकाको ”रुट निर्धारण र गाडी भाडा सहजिकरण”समिती निर्माण र त्यससमितिले गरेको निर्णयबाट अनौठो तरंग आएको छ ।तरंग आउनु त्यती आस्चर्य होइन ।
सडकहरु बनेपछी यातायातका साधनहरु संचालन हुन्छ्न ।
यात्रुहरु निश्चीत भाडादर र सकभर कम भएमा खुशी हुने हुन्छ भने यातायात ब्यबसायीहरु ”कच्ची सडक भएको बेला बढी फाइदा भए हुन्थ्यो ”यस्तो हुन्छ यो पनि स्वाभाबिक द्वन्दात्मक हो ।
हाम्रो नगरपालिकामा वार्ड नम्बर ८ को खोलाखानिमा अझै पनि सडक नाका जोड्न सकिएको छैन । यो बर्ष जोडीने तयारीमा छ । तर पनि हाम्रा सडकहरु धेरै भएका छन ।
हाम्रो समितिले उल्लेख गरेका सडकहरु सन्चालन गर्न लायक बन्दैछन । जिल्ला सदरमुकाम जोड्ने सडक त छिट्टै कालोपत्रे पनि हुँदैछ । यसो भएर अब रुट निर्धारण र भाडा कार्यान्वयन हुनु पर्द्छ भन्ने अभीप्रायले नगरापालिकाले समिती निर्माण गरेको हो र सबै वडाहरुलाई यि सडकहरु छिटो भन्दा छिटो सरसफाइ गर्नका लागि निर्देशन पनि गरेको हो । अनुगमनगर्न बाँकी छ अझै केहीसमय लाग्न सक्छ । समितिलाई पुन निर्देसन गारिएको छ । सकभर छिटो कार्यान्वयन गराउन ब्यबसायीहरुको पनि मनग्गे सहभागिता रहेको बैठक बोलाएर १५ दिन भित्रमा नै निर्णयको कार्यान्वयन हुने छ भन्ने नगरापालिकाले आशा गरेको छ । नगरबासी र सरोकारवाला सबै लाभान्वित हुनेमा पनि नगरापालिका विश्वस्त छ । यो बिषयमा चासो राख्नु हुने नेबिसंघका विद्यार्थी भाईबहिनीलाई आग्रह गर्न चाहन्छु । यो बिषय गम्भिर प्रकृतिको छ । एकातिर जनचासोसँग जोडीएको छ अर्कोतिर यातायात ब्यबसायी साथीहरुले आफ्ना सवारी साधनहरु आफ्नै सोचको सामान्य समझदारीमा चलाऊनु भएको छ । अब नगरापालिका तपाईंहरु र तपाईंहरुजस्तै चासो राख्ने सबैले पनि मिलेर यसलाई थप समझदारिमा कार्यान्वयन गराउनु पर्दछ । ता की आमनागरिकहरुलाई सहुलियतको आत्मबिश्वास होस । यातायात ब्यबसायी साथीहरुलाई पनि पेलिएको महसुस नहोस् र नियम कानुनको पनि मर्यादा र पालना होस ।
यसमा मलाई त लाग्दैन् नेबिसंघ नगरापालिका नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृतका बिचमा गाली गलौजको बातावरण बनोस बरु मलाई लाग्दछ । आपसी समझदारिको समय निर्माण होस ।
म नेपाल विद्यार्थी सङ्घका विद्वान भाईबहिनीहरुसँग सोच्न आग्रह गर्दछु । प्रमुख प्रशासकिय अधिकृतको बिज्ञप्ती मैले पढें बिज्ञप्तीमा कुनै नराम्रो बिषय छैन । बिशेसत बिज्ञप्तिले कर्तब्य दायित्व र नियमलाई उजागर गरेको छ ।
यसलाई अत्यन्त सान्दर्भिक ठान्दछु । पुन: विद्यार्थी संघका भाईबहिनी सँग आग्रह गर्दछु । नेबिसंघको ईतिहास सस्तो लोकप्रियतामा नभएर जनताको हित र व्याबहारिकतामा निर्माण भएको छ । त्यसरी नै अगाडि बढोस र पाहिचान देओस । जयनेपाल।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij