सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

प्युठानजिल्लाको गौमुखी गाउँपालिकाले सम्बन्धित वडामा पुगेर खाता संचालन गर्दै

  • प्रकाशित मिति : सोमवार, कार्तिक २४, २०७७



  • जोगिन्द्र मल्ल प्युठान / गौमुखी गाउँपालिका प्युठानको आयोजना तथा नेपाल एस बि आई बैंक ठुलाबेशीको सहजीकरणमा गौमुखी गाउँपालिका १ २र ३ वडामा सामाजिक सुरक्षा भत्ता बितरणका लागि खाता सन्चालन कार्य सम्पन्न भएको छ।
    गत बर्ष खाता संचालनका लागि घुम्ती शिबिर सन्चालन गरिएको र गाउँपालिका भित्र रहेका अति जेष्ठ नागरिक ,एकल महिला र अति अपांग अशक्त रहेकाहरुको खाता संचालन गरिएको र निकट भबिस्यमा सामाजिक सुरक्षा भत्ता बितरण बैंक मार्फत कारोबार गरिने प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले बताउनु भयो।
    भौगोलिक विकटताका कारण बैंकमा आएर खाता खोल्न नसक्नेहरुका लागि गत बर्ष सम्बन्धित वडामा गएर खाता संचालन सबै वडामा घुम्ती शिबिर आयोजना गरेता पनि छुट पुट रहेकाहरुका लागि खाता संचालन मा सहजीकरण गरेको बैंकका कर्मचारी अमीत चौलागाईंले जानकारी गराउनु भयो।
    खाता संचालनका लागि ५७ बर्षका गिर बहादुर पुन अपाङ्ग लिएर आएका गौमुखी ३ रजवाराका अपाङ्गका संरक्षक खिम बहादुर पुन भन्छ्न जन्म जात आफ्नो भाइ अपाङ्ग भएको र अहिलेसम्म बचाउनमा घर परिवारको अहम भूमिका रहेको बताए।अपाङ्ग गिर बहादुरको दुबै हात खुट्टानै चल्दैन्न।तेस्तै अर्खा १ थनिकाका राम कुमारी तामाङको २३ बर्षका छोरा नोज बहादुर तामाङको हालत नि उहीँ नै छ। अपाङ्गका संरक्षक आमा राम कुमारी भन्छिन आर्थिक अबस्था न्यून रहेको र घरमा आफू एकलै भएकाले अहिलेसम्म सम्म छोराको नागरिकता नबनाएको र खाता संचालन गर्दा नागरिकता चाहिने भएकाले आर्थिक सहयोग गरिदिन अनुरोध गरिन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij