सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

हृदयघातको जोखिमबाट कसरी बच्ने ?

  • प्रकाशित मिति : बुधबार, कार्तिक २६, २०७७



  • Healthy food on a heart shape cutting board. Love of food concept with fruit, vegetables, grains and high fibre foods. Rustic wood textures

    मुटु मांशपेशीहरुले बनेको अंग हो जसले शरीरका विभिन्न अंगहरुमा रगत पम्प गर्छ । मुटुको रक्त प्रवाहित गर्ने धमनीहरुमा जब रोकावट आउँछ, त्यस हिस्सामा रक्त सञ्चार नहुँदा मांसपेशीहरु मर्न थाल्छन् । यसबाट मुटुको क्रिया प्रभावित हुन्छ र यसैलाई हार्ट अट्याक भनिन्छ । हृदयघात आकस्मिक दुर्घटना हो । हृदयघात हुनु भनेको मुटुको कार्यसंचालनमा आकस्मात अवरोध पैदा हुनु हो ।

    यस प्रकारको बिमारीबाट बच्नका लागि सबैभन्दा पहिले आफ्नो बानी व्यहोरा सुधार्नुपर्छ । तलका कुराहरु अनुशरण गरेर मुटुरोगबाट पर बस्न सकिन्छ ।

    काइदा १

    कोलस्ट्रोल नियन्त्रण गरौं । कोलस्ट्रोल बढ्यो भने मुटुसँग सम्वन्धित रोगहरुको खतरा रहन्छ । त्यसैले उच्च रक्तचाप र बढेको कोलस्ट्रोललाई नियन्त्रण गर्नका लागि औषधि र डाइटमा विशेष ध्यान दिनु आवश्यक छ ।

    काइदा २

    धुम्रपानका कारण हार्ट अट्याक भएका व्यक्तिहरु धेरै हुन्छन् । एक पटक हार्ट अट्याक भइसकेका व्यक्तिहरुले भूलेर पनि फेरि धुम्रपान गर्नु हुँदैन । रोमका सेन फिलिप्पो नेरी हस्पिटका फ्यूरियो कोलिबिच्चीले आफ्नो सोधमा पाएका थिए कि हृदयघातपछि पनि जसले फेरि धुम्रपान गर्न थाल्छन् उनीहरु एक वर्षभित्र मर्ने सम्भावना प्रबल हुन्छ ।

    काइदा ३

    मोटोपनाले पनि मुटुमा विभिन्न समस्या निम्त्याउन सक्छ । त्यसैले आफ्नो उमेर र लम्बाईको हिसाबले आफ्नो आदर्श तौल पत्ता लगउने र उक्त तौल पाउनका लािग कडा मिहिनेत गरौं ।

    काइदा ४

    सुगरका रोगीहरुमा धमनिहरुमा रगतको ढिक्का बन्ने सम्भावना प्रबल हुन्छ । यदि रोगीलाई मधुमेह छ भने मधुमेह नियन्त्रण गर्ने औषधि लिनु अति आवश्यक छ ।

    काइदा ५

    बदामले रक्तनलीमा सकारात्मक प्रभाव पार्छ । साथै यसले हानिकारक कोलस्ट्रोल कम गर्न पनि तपाईंलाई मद्दत गर्छ । यसमा भिटामिन ई, म्याग्नेसियम, फाइबर र पोटासियम आदि हुन्छन् जसले मुटुका लागि सुरक्षा कवचको काम गर्छन् । हार्ट अट्याकबाट बच्नका लागि तारिएको र भुटिएको खानेकुरा तथा नुनको कम सेवन गर्नुपर्छ ।

    काइदा ६

    खानामा तेलको प्रयोगले ब्लकेज तिव्ररुपमा बढ्छ । त्यसैले तेलको कमभन्दा कम प्रयोग गर्नुपर्छ । त्यसो त तेलमा आफ्नै कुनै स्वाद पनि हुँदैन । यदि तपाईंलाई तेल प्रयोग नगरी भएन भने जैतुनको तेल प्रयोग गरौं । जैतुनको तेलमा फ्याटी एसिड प्रचुर मात्रामा हुने भएकाले मुटु रोगको खतरालाई कम गर्छ ।

    काइदा ७

    नियमितरुपमा आधा घन्टासम्म हिँड्ने, योग तथा व्याम गर्ने गर्नाले हार्ट अट्याकको खतराबाट सजिलै बच्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij